एकता कपूर र उनकी आमा विरुद्ध पक्राउ पुर्जी जारी

एकता कपूर र उनकी आमा विरुद्ध पक्राउ पुर्जी जारी

केन्द्रबिन्दु
0
Shares

बिहारको बेगुसरायको एक अदालतले फिल्म निर्माता एकता कपूर र शोभा कपूर विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 

पक्राउ पुर्जीपछि कपुर आमा र छोरी समस्यामा परेका छन् । पक्राउ पुर्जी एकता कपुरले बनाएको वेब सिरिजमा सैनिककी पत्नीको आपत्तिजनक तस्बिर प्रस्तुत गरेको विरुद्ध दायर मुद्दामा गरिएको हो । बेगुसराय न्यायिक मजिस्ट्रेट विकास कुमारको अदालतबाट पुर्जी जारी गरिएको हो । ६ जुन २०२० मा, पूर्व सैनिक शम्भु कुमारको तर्फबाट सीजीएम अदालतमा उजुरी पत्र दायर गरिएको थियो । भूतपूर्व सैनिकले ट्रिपल एक्स वेब सिरिजको सिजन २ मा सैनिककी श्रीमतीको बारेमा आपत्तिजनक दृश्य देखाइएको आरोप लगाएका थिए । सेनाका सिपाहीहरू ड्युटीमा हुँदा श्रीमतीले घरमा गैर–पुरुषसँग अवैध सम्बन्ध राख्छन् भन्ने शृङ्खलामा देखाइएको थियो ।

जसका कारण भूतपूर्व सैनिकहरु आक्रोश भएका थिए । सोहि कारण भूतपूर्व सैनिकहरुको तर्फबाट उजुरी पत्र परेको थियो । एकता कपूर र शोभा कपूरलाई यस मामिलामा फेब्रअरी २०२१ मा उपस्थित भएर जवाफ दिन बोलाइएको थियो । अदालतले एकता कपुर र शोभा कपुर विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । यो वारेन्ट जारी भएपछि एकता कपुर र शोभा कपुर समस्यामा परेका छ

Logo