‘दृश्यम २’ को टिजर सार्वजनीक

‘दृश्यम २’ को टिजर सार्वजनीक

केन्द्रबिन्दु
0
Shares

अजय देवगन र तब्बु स्टारर सस्पेन्स थ्रिलर फिल्म ‘दृश्यम’ फिल्मको सफलतापछि दृश्यम २ का लागि फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । 

‘दृश्यम २’ मा विजय साल्गाओकरको भूमिका निर्वाह गर्ने अजय देवगनको  परिवारले अन्जानमा गरेको हत्या रहस्यको मुद्दा फेरि खुल्ने भएको छ । भर्खरै ‘दृश्यम २’ को पहिलो पोस्टर रिलिज भएसँगै फिल्मको टिजर पनि दर्शकसामु आएको छ । तर दृश्यम २ को रोमाञ्चक ट्रेलर सार्वजनिक गर्नुअघि निर्माताले रिकल टिजरले दर्शकको उत्साह दोब्बर बनाएका छन् ।

‘दृश्यम २’का निर्माताले हालै युट्युबमा फिल्मको रिकल टिजर सेयर गरेका छन् । १ मिनेट २२ सेकेन्डको यो भिडियोमा अजय देवगनको ’दृश्यम’ को धेरै पुराना सर्ट क्लिप टिजरका रूपमा दर्शकसामु प्रस्तुत गरिएको छ । यो रिकल टिजर  हेरिसकेपछि एकपटक मर्डर मिस्ट्री सस्पेन्स थ्रिलरले फिल्मका सबै पुराना सम्झनाहरू ताजिनेछ । ५५ सेकेन्डदेखि १ मिनेट ३ सेकेन्डको बीचमा रहेको टिजरमा विजय सालगाउँकर क्यामेराको अगाडि बसेर आफ्नो कुरा स्वीकार गरिरहेका छन् । 

अजय देवगनले पनि आफ्नो इन्स्टाग्राममा यो रोचक टिजर सेयर गरेका छन् । क्याप्सनमा लेखेका छन्, ‘तपाईंलाई विजय र उनको परिवारको कथा याद छ, हैन त ? 

Logo