‘आदिपुरुष’ फ्लप हुनसक्ने ५ प्रमुख कारणहरु

‘आदिपुरुष’ फ्लप हुनसक्ने ५ प्रमुख कारणहरु

केन्द्रबिन्दु
0
Shares

सैफ अली खान र प्रभास स्टारर फिल्म ‘आदिपुरुष’को टिजर भिडियो हालै सार्वजनिक भएको छ । 

यो फिल्मलाई लिएर निकै चर्चा चलेको थियो र दर्शकहरु यो फिल्मको निकै समयदेखि प्रतिक्षामा थिए । तर, टिजर रिलिज भएपछि अधिकांश फ्यानहरु यसबाट निराश बनेका छन् । ‘आदिपुरुष’ फिल्मको बजेट करिब ५०० करोड रहेको बताइएको छ । जुन ब्रह्मास्त्रको बजेटभन्दा १०० करोड बढी हो । यसका बाबजुद पनि फिल्मको फ्लप हुने सम्भावना बढी छ । यसै संदर्भमा रहि आजको लेखमा ‘आदिपुरुष’ फ्लप हुन सक्ने ५ कारण लिएर आएका छौं । 

भिएफएक्सको नाममा एनिमेसन फिल्म ?
आदिपुरुष फिल्म फ्लप हुने प्रबल सम्भावना रहेको र यसको पहिलो कारण फिल्मको भिएफएक्स मानिएको छ । निर्माताले यो फिल्मलाई भिएफएक्स फिल्म भनेका थिए तर फिल्मको भिएफएक्स यति खराब छ कि भिएफएक्सको सट्टा कार्टुन वा एनिमेसन फिल्म भन्दै सामाजिक सञ्जालमा ट्रोल भइरहेको छ । हालै रिलिज भएको फिल्म ‘ब्रह्मास्त्र’ले हिन्दी सिनेमामा भिएफएक्सको सन्दर्भमा फरक किसिमको ल्यान्डमार्क कायम गरेको थियो ।

सैफ अली खानको भगवान रामबारे बयान
पछिल्लो समय सामाजिक सञ्जालमा आफ्ना पुराना बयानका कारण कलाकारहरु निकै ट्रोल भइरहेका छन् । आदिपुरुषको रिलिज अघि सैफ अली खानको पनि यस्तै बयान बाहिर आएको छ । सैफ अली खानको भनाइ सामाजिक सञ्जालमा लगातार शेयर भइरहेको छ जसमा उनले आफ्नो बच्चाको नाम राम राख्न नसकिने तर तैमुर वा यस्तै नाम राख्नमा सहज महसुस गर्ने बताएका छन् ।

प्रभासको भगवान रामको लुक र अभिनय
रामको भूमिका निभाउनेले धेरै कलाकारहरु जिवनमा धेरै सफल भएका छन् । तर के प्रभासको मामलामा पनि त्यस्तै भन्न सकिन्छ ? भन्न गाह्रो छ । सामाजिक सञ्जालमा मानिसहरु फिल्ममा देखिएका प्रभासको राम लुकबाट खासै सन्तुष्ट छैनन् । त्यसमाथि उनका पछिल्ला दुई ठूला बजेट फिल्महरु नराम्ररी फ्लप भएका थिए । भगवान रामको जुँगा भएको चरित्रलाई लिएर पनि धेरैले प्रश्न उठाएका छन्।

फिल्मलाई ब्रह्मास्त्रसँग तुलना गरिनु 
एक फिल्मलाई अर्को फिल्मसँग तुलना गर्नु ठीक होइन, तर हिन्दी सिनेमामा यो धेरै सामान्य विषय भइसकेको छ । आदिपुरुष रिलिज भएसँगै मानिसहरुले यो फिल्मलाई ब्रह्मास्त्रसँग तुलना गर्न थालेका छन् । ब्रह्मास्त्र र आदिपुरुष दुवै फिल्मको कथा र प्रसंग फरक फरक भए पनि दर्शकले दुवै चलचित्रलाई तुलना गरिरहेका छन् । जसमा धेरै मामलामा आदिपुरुष हलुका देखिन्छ । 

सैफ अली खानको रावण लुक
‘आदिपुरुष’मा सैफ अली खानको लुक पनि विवादको कारण बनेको छ । एकातिर जहाँ रामको पात्रलाई जुँगासहित देखाइएको छ । खासमा रावणको चरित्र अनुसार उनको लामो दाह्री हुनु पर्नेमा भर्खर सेभ गरिएको दाह्री देखाइएको छ । मानिसहरु सैफ अली खानको रावण लुकलाई अलाउद्दीन खिलजीसँग तुलना गरिरहेका छन् । धेरै मानिसहरुले सामाजिक सञ्जालहरुमा टिप्पणी गरेका छन् के रावणले धर्म परिवर्गन गरि इस्लाम धर्म अंगालेका हुन ?

 

Logo