केकेपछि अर्का चर्चित गायक मुरली महापात्राको स्टेजमै प्रस्तुतिको क्रममा निधन

केकेपछि अर्का चर्चित गायक मुरली महापात्राको स्टेजमै प्रस्तुतिको क्रममा निधन

केन्द्रबिन्दु
0
Shares

दुर्गा पूजाको कार्यक्रममा प्रस्तुति दिन आएका उनी ४ वटा गीत गाइसकेपछि अचानक मृत्यु भएको हो ।

उनलाई अस्पताल पु¥याईसक्दा चिकित्सकले मृत घोषणा गरेका थिए । मुरलीको निधनले फ्यानमा शोकको लहर छाएको छ । यसैगरी गायक केकेको पनि स्टेजमा कार्यक्रम गर्दै गर्दा निधन भएको थियो ।
ओडिशाका प्रसिद्ध गायक मुरली महापात्राको राम्रो फ्यान फलोइङ छ । मुरली महापात्रा कोरापुटको दुर्गा पूजामा सहभागी भइरहेका बेला अचानक स्टेजबाट ढलेका थिए । मुरलीको निधन फ्यानका लागि ठूलो झट्काभन्दा कम भएको छैन ।

जानकारी अनुसार मुरली महापात्राको स्वास्थ्य स्थिती राम्रो थिएन । ओडिशाको जयपुर सहरमा उनको प्रदर्शन हेर्न टाढा टाढाबाट मानिसहरु आएका थिए । यस कार्यक्रममा उनले चारवटा गीत गाएका थिए र त्यसपछि पाँचौं गीत सुरु गर्नुअघि नै उनी स्टेजबाट एक्कासी ढलेका थिए । मुरलीको हृदयघातका कारण मृत्यु भएको अनुमान गरिएको छ । 

Logo