‘गडफादर’ को पहिलो दिनको कमाई सार्वजनिक : सलमानको क्यामियोको असर देखिएन व्यापारमा

‘गडफादर’ को पहिलो दिनको कमाई सार्वजनिक : सलमानको क्यामियोको असर देखिएन व्यापारमा

केन्द्रबिन्दु
0
Shares

साउथ मेगास्टार चिरञ्जीवीको बहुप्रतिक्षित फिल्म ‘गडफादर’ ५ अक्टोबरमा हलमा रिलिज भएको छ । 

यो चलचित्रको प्रचारप्रसार तिब्र रुपमा गरिएको थियो । यति मात्र होइन चिरञ्जीवी फिल्मको प्रमोशनका लागि मुम्बई पनि गएका थिए । तर यी सबै कार्यले फिल्मको कमाइमा कुनै फाइदा पुर्याएन । ‘गड फादर’ फिल्मको पहिलो दिनको कलेक्शन तथ्यांक बाहिर आएको छ, जुन निकै निराशाजनक छ । रिपोर्टका अनुसार करिब ९० करोडको बजेटमा बनेको फिल्मले पहिलो दिन बक्स अफिसमा १८ करोड मात्रै कमाएको छ । हिन्दी बेल्टमा फिल्मको अवस्था झनै नाजुक छ ।

फिल्मले हिन्दी बेल्टमा ८० लाख मात्र कमाएको छ । चिरञ्जीवीले आफ्नो फिल्ममा बलिउड सुपरस्टार सलमान खानलाई क्यामियो रोलमा लिएका थिए । फिल्ममा सलमानलाई लिएर फिल्म हिट गर्न माइन्ड गेम खेले तर यो चतुर कार्यले पनि फिल्मको बिजनेसमा कुनै असर देखिएन । 

कोनिडेला प्रोडक्सन कम्पनी र सुपर गुड फिल्म्सको ब्यानरमा बनेको फिल्म ‘गडफादर’लाई राम चरण, एनभी प्रसाद र आरबी चोपडाले निर्माण गरेका हुन् । यो फिल्म सन् २०१९ मलयालम फिल्म लुसिफरको रिमेक थियो । ९० करोडको बजेटमा बनेको फिल्ममा काम गर्न चिरञ्जीवीले ४५ करोड पारिश्रमिक लिएका छन् । 

Logo