सलमानको ‘किसी का भाइ किसीकी जान’ फिल्मको पहिलो लुक सार्वजनिक

सलमानको ‘किसी का भाइ किसीकी जान’ फिल्मको पहिलो लुक सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

सलमान खानले हालै ट्वीटरमा सेयर गरेको एउटा तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। 
दशहराको अवसरमा सलमान खानले आफ्नो फिल्म ‘किसी का भाइ किसीकी जान’ को तस्विरमार्फत आफ्नो लुक सार्वजनिक गरेका छन् । सलमान खानको यो लुकको फ्यानहरुले निकै तारिफ गरेका छन् । सलमान खानले सेयर गरेको तस्विरमा उनी कालो र सेतो सूटको साथ कालो चश्मा लगाएको देखिएका छन् । ‘किसी का भाइ किसीकी जान’ फिल्मको सलमान खानको लुक सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।

३०० सय करोडमा बन्न लागेको यो फिल्ममा सलमानको अलावा पुजा हेगडे, जगपती बाबु, सेहेनाज गुल, जेस्सी गुल लगायत कलाकारको अभिनय रहेको छ । फिल्मको निर्देशन फरहाद सामजी गरेका हुन् रिपोर्ट अनुसार फिल्म ‘किसी का भाइ किसीकी जान’ सन् २०२२ को डिसेम्बरमा विश्व व्यापी रिलिज हुने छ । 

Logo