‘रामायण’ मा माता सीता बनेकी नायिका दीपिका चिखलियाले भनिन् : ‘रामायण’लाई बदनाम नगर्नुहोस्

‘रामायण’ मा माता सीता बनेकी नायिका दीपिका चिखलियाले भनिन् : ‘रामायण’लाई बदनाम नगर्नुहोस्

केन्द्रबिन्दु
0
Shares

प्रभास र कृति सेननको फिल्म ‘आदिपुरुष’ को टिजर भिडियो सार्वजनिक भएपछि फिल्मलाई लिएर निकै विवाद सिर्जना भइरहेको छ । 

टिजर भिडियोमा देखाइएको रामदेखि रावणको लुक्सलाई लिएर प्रश्न उठिरहेको छ । ‘आदिपुरुष’ टिजर विवाद भइरहेको बेला रामानन्द सागरको टिभी शो ‘रामायण’ मा सीताको भूमिका निर्वाह गरेकी नायिका दीपिका चिखलियाले ‘आदिपुरुष’ को टिजर भिडियोलाई लिएर आफ्नो प्रतिक्रिया दिएकी छिन् ।
मिडिसँगको विशेष कुराकानीमा उनले सबैभन्दा पहिले फिल्ममा प्रयोग गरिएको भिएफएक्सलाई लिएर प्रश्न उठाएकी छिन् । त्यसपछि उनले सैफ अली खानले निभाइरहेको रावणको भूमिकाबारे आफ्नो धारणा राखेकी छिन् । उनले भनिन, ‘तपाई श्रीलंकाको हुनुहुन्छ भने त्यस्तै देखिनुपर्छ, मुगल जस्तो होइन ।’ उहाँले(सैफ अली खान) हाम्रो धर्म र भगवानसँग ठट्टा गर्नुभयो । ‘रामायण’ भक्तिको संविधान हो । यसमा हामीले सिक्नुपर्ने पाठ छ । ‘रामायण’ लाई बदनाम नगर्नुहोस् ।

रामानन्द सागरको टिभी शो ‘रामायण’ मा लक्ष्मणको भूमिका निभाएका अभिनेता सुनिल लाहिरीलाई पनि प्रभासको फिल्मको टिजर मन परेन । उनले फिल्ममा देखाइएका स्टारलाई लिएर पनि प्रश्न उठाएका छन् । उनले रावणको भूमिकाका लागि सोनू सुद र अजय देवगनलाई राम र ऋतिकलाई लक्ष्मणको भूमिकामा हेर्न चाहेको बताए ।

Logo