बलिउड अभिनेत्री सुस्मिता सेन पहिलो पटक ‘ट्रान्सजेन्डर’को भूमिका निभाउदै

बलिउड अभिनेत्री सुस्मिता सेन पहिलो पटक ‘ट्रान्सजेन्डर’को भूमिका निभाउदै

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेत्री सुस्मिता सेन हटस्टारको वेब सिरिज ‘आर्य’ मा दमदार अभिनय गरेपछि अब नयाँ वेब सिरिजमा देखिने भएकी छिन् । 

सुस्मिता सेनले आफ्नो आगामी वेब सिरिजको पहिलो लुक सार्वजनिक गरेकी छिन् । नायिकाको लुक्स हेर्दा उनी ट्रान्सजेन्डरको भूमिका निभाउन लागेकी हुन् भन्ने प्रष्ट हुन्छ । मिस युनिभर्स सुस्मिता सेन ट्रान्सजेन्डरको भूमिकामा पहिलो पटक देखिदै छिन् । सुस्मिता सेनको यो अवतार देखेर सबैले यो वेब सिरिजको बारेमा जान्न खोजिरहेका छन् । 

मिडिया रिपोर्टका अनुसार सुस्मिता सेन आफ्नो आगामी वेब सिरिजमा चर्चित ट्रान्सजेन्डर ‘गौरी सावन्त’को भूमिका निभाउन लागेकी छिन् । यो वेब सिरिजमार्फत अभिनेत्री गौरी सावन्तको जीवनलाई संसारमा ल्याउन लागेकी हुन् । गौरी सावन्तले ट्रान्सजेन्डर समुदायको पक्षमा आवाज मात्रै उठाइनन्, ट्रान्सजेन्डरहरूलाई समाजमा मान र सम्मान दिलाउन धेरै काम गरिन् । रिपोर्टका अनुसार गौरी र उनको धर्मपुत्रको सम्बन्धलाई वेब सिरिजमा देखाइनेछ ।

रिपोर्टका अनुसार जब सुस्मिता सेनलाई यो वेब सिरिजका लागि अप्रोच गरिएको थियो, उनलाई ट्रान्सजेन्डर गौरीको चरित्र मन पर्यो । गौरी ‘सावन्त सखी चार चौघी ट्रस्ट’की संस्थापक र निर्देशक पनि हुन् । उनले सन् २००० मा सुरक्षित यौनसम्बन्धका लागि जनचेतना फैलाउन र ट्रान्सजेन्डर समाजका समस्यासँग लड्न यसको सुरुवात गरेकी थिइन् ।

सुस्मिता सेनले नोभेम्बर महिनाबाट गौरी सावन्तमा आधारित वेब सिरिजको सुटिङ सुरु गर्ने जानकारी पनि दिएकी छिन । यद्यपी यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी भने सार्वजनिक गरिएको छैन । सुस्मिता सेनले यो वेब सिरिज पूरा गरेपछि मात्रै आफ्नो हिट वेब सिरिज ‘आर्य ३’ मा काम सुरु गर्ने बताइएको छ ।

 

Logo