चर्चित भारतीय फिल्म तथा टेलिभिजन कलाकार अरुण बालीको निधन

चर्चित भारतीय फिल्म तथा टेलिभिजन कलाकार अरुण बालीको निधन

केन्द्रबिन्दु
0
Shares

चर्चित फिल्म तथा टेलिभिजन कलाकार अरुण बालीको निधन भएको छ । 

रिपोर्टका अनुसार ७९ वर्षिय अरुण लामो समयदेखि न्यूरोमस्कुलरका बिरामी थिए । सोहि विरामीकै कारण आज बिहान साढे चार बजे उनले आफ्नो पार्थिव शरीर छाडेका थिए । समाचार एजेन्सी एएनआईले अरुण बालीको मृत्युको खबर पुष्टि गरेको छ । अरुण बाली केही समयदेखि न्यूरोमस्कुलर रोग माइस्थेनिया ग्रेभिससँग लडिरहेका थिए । पछिल्लो समय उनलाई हिरानंदानी अस्पतालमा भर्ना गरिएको थियो । यद्यपी उनको मृत्युको कारण भने अझै खुल्न सकेको छैन ।

अरुण बालीले टिभीमा विभिन्न पात्रबाट धेरै नाम कमाए । उनले ‘निमको रुख’, ‘दस्तुर’, ‘चाणक्य’, ‘देख भाइ देख’, ‘द ग्रेट मराठा’, ‘शक्तिमान’, ‘स्वाभिमान’, ‘देस मे निकला होगा चन्द’, ‘कुमकुम– एक प्यारा बन्धन’, ‘वो रहने वाली महल की’ र ‘देवों के देव महादेव’ नामक चर्चित सिरियलमा काम गरेका थिए । 

अरुण बाली बलिउड फिल्ममा पनि चर्चित चरित्र कलाकार थिए । उनले ‘सौगन्ध’, ‘यलगार’, ‘राजु बन गए जेन्टलम्यान’, ‘खलनायक’, ‘राम जाने’, ‘पुलिसवाला गुंडा’, ‘सबसे बडा खिलाडी’, ‘सत्य’, ‘शिकारी’, ‘हे राम’, ‘आँखे’, ‘जमीन’, ‘अरमान’, ‘लगे रहो मुन्ना भाई’, ‘थ्री इडियट्स’, ‘बर्फी’, ‘ओह माई गड’, ‘पीके’, ‘एयरलिफ्ट’, ‘बागी’, ‘केदारनाथ’, ‘पानीपत’ र ‘लाल सिंह चड्ढा’ जस्ता फिल्ममा देखिइसकेका छन् । 

Logo