सुस्मिता सेनदेखि करीना कपूरसम्म यी ७ ठूला स्टारका फिल्म र वेब सिरिज ओटीटीमा आउदै

सुस्मिता सेनदेखि करीना कपूरसम्म यी ७ ठूला स्टारका फिल्म र वेब सिरिज ओटीटीमा आउदै

केन्द्रबिन्दु
0
Shares

ओटीटीको दायरा दिन प्रतिदिन बढिरहेको छ । 

ओटीटीको दायरा दिन प्रतिदिन बढेसँगै बलिउडका कलाकारहरु करीना कपूर, शिल्पा शेट्टी र शाहिद कपूर लगायता धेरै कलाकारहरु आगामी दिनमा ओटीटीमा डेब्यू गर्ने तयार गरिरहेका छन् । हालै सुस्मिता सेनले आफ्नो नयाँ प्रोजेक्टको घोषणा गरेकी थिइन् । आजको लेखमा हामी कुन स्टारका फिल्म र वेब सिरिजहरू डिजिटल प्लेटफर्ममा रिलिज हुने भएका छन् भनी बताइरहेका छौं ।

१. सुस्मिता सेन
सुस्मिता सेनले आफ्नो आगामी फिल्म ‘ताली’को पोस्टर सेयर गरेकी छिन् । यसमा उनी ट्रान्सजेन्डरको भूमिकामा देखिने छिन् । यो फिल्म ट्रान्सजेन्डर अभियन्ता गौरी सावन्तको बायोपिक हो ।

२. शाहिद कपूर
शाहिद कपूरले ओटीटीमा राज र डीकेको सिरिज ‘फर्गी’बाट डेब्यु गर्दैछन् । सिरिजमा उनीसँगै विजय सेतुपति र राशि खन्नाको पनि अभिनय रहेको छ । यो एक एक्शन थ्रिलर सिरिज हो । यो वेब सिरिज अमेजन प्राइममा आउनेछ । 

३. नवाजुद्दीन
फिल्म ‘टिकु वेड्स शेरु’ मा नवाजुद्दीन मुख्य भूमिकामा देखिने भएका छन् । फिल्म अमेजन प्राइममा रिलिज हुनेछ ।

४. रोहित शेट्टी
रोहित शेट्टीले यसै वर्ष आफ्नो वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’को घोषणा गरेका छन् । फिल्ममा दिल्ली प्रहरीको विशेष युनिटको कथा देखाइनेछ । यस वेब सिरिजमा सिद्धार्थ मल्होत्रा, शिल्पा शेट्टी र विवेक ओबेरोय रहेका छन् । यो अर्को वर्ष अमेजन प्राइममा रिलीज हुनेछ । 

५. करिना कपुर
करिना कपुर सुजोय घोषको प्रोजेक्टमा काम गरिरहेकी छिन् । नेटफ्लिक्समा रिलिज हुने यो प्रोजेक्टमा उनको साथ विजय वर्मा र जयदीप अहलावत छन् ।

६. काजोल देवगन
अमेरिकी टिभी सिरिज ‘द गुड वाइफ’को भारतीय संस्करणमा काजोल मुख्य भूमिकामा देखिने भएकी छिन् । वेब सिरिज चाँडै डिज्नी प्लस हटस्टारमा हेर्न सकिनेछ । 

६. राजकुमार राव, दुलकीर सलमान र गुलशन देवैया
नेटफ्लिक्स शृंखलाको गन्स एण्ड गुलाब्स फिल्ममा राजकुमार राव, दुलकीर सलमान र गुलशन देवैयाले अभिनय गरेका छन् । राज एण्ड डिकेको यो सिरिज नेटफ्क्सिमा आउन तयारी अवस्थामा छ । 

७. अभिषेक चौबे
उडता पञ्जाबका निर्देशक अभिषेक चौबे डार्क कमेडी थ्रिलर सिरिज ‘सूप’ लिएर आउँदैछन् । यो सिरिजमा कोंकणा सेन शर्मा र मनोज बाजपेयीले अभिनय गरेका छन्, यो सिरिज नेटफ्लिक्समा रिलिज हुनेछ ।
 

Logo