सलमान र शाहरुख दिपावलीका दिन एक अर्कासँग भिड्दै

सलमान र शाहरुख दिपावलीका दिन एक अर्कासँग भिड्दै

केन्द्रबिन्दु
0
Shares

सलमान खान र शाहरुख खान एक अर्कासँग भिड्ने मुडमा देखिएका छन् । 

वास्तवमा यी २ सुपरस्टारले दिपावलीको १ दिन अघि आ–आफ्नो फिल्म ‘किसी का भाइ किसकी जान’ र ‘पठान’ को टिजर लन्च गर्दैछन् । रिपोर्टलाई विश्वास गर्ने हो भने यी दुवैले यसका लागि विशेष योजना बनाएका छन् । रिपोर्ट अनुसार दीपावलीको एक दिन अगाडि भारत–पाकिस्तान क्रिकेट म्याच हुने भएको छ र दुबै स्टारहरु यस दिनलाई निकै फाइदा उठाउन चाहन्छन् । सलमानको फिल्म यही वर्षको डिसेम्बरमा रिलिज हुँदैछ ।  यस्तै शाहरुखको फिल्म सन् २०२३ मा रिलिज हुनेछ । 

सलमान खान हालै साउथ मेगा स्टार चिरञ्जीवीसँग फिल्म ‘गडफादर’मा देखिएका थिए । तर, यो साउथ फिल्ममा उनको क्यामियो मात्र थियो । सलमानको ‘किसी का भाइ किसकी जान’ फिल्म पारिवारिक मनोरञ्जनात्मक हो । त्यसैले सलमान फिल्मको टिजर वा मोसन पोस्टर दीपावलीमा रिलिज गर्न चाहन्छन् । फिल्म ३० डिसेम्बरमा हलमा रिलिज हुँदैछ । सलमान र निर्देशक फहद सामजी अहिले फिल्मको मोसन र टिजरमा काम गरिरहेका छन् । दुबैले चाँडै नै दीपावलीमा रिलिज गर्ने निर्णय गरेका छन् । फिल्ममा पूजा हेगडे, शहनाज गिल, सिद्धार्थ निगम, जस्सी गिल, पलक तिवारी, राघव जुयाल, वेंकटेश र जगपति बाबुको मुख्य भूमिका रहेको छ ।

शाहरुख खान विगत ४ वर्षदेखि फिल्मी पर्दाबाट गायब छन् । शाहरुख यो वर्ष पनि पर्दामा देखिने छैनन् । शाहरुख अहिले आफ्नो आगामी फिल्मको सुटिङमा व्यस्त छन् । हालै उनले आफ्नो फिल्म ‘जवान’को शुटिङ पूरा गरेका छन् । यसैबीच, शाहरुखले दिवालीको अवसरमा आफ्नो बहुप्रतिक्षित फिल्म पठानको टिजर रिलिज गर्ने खबर आएको हो । फिल्मको टिम दीपावलीमा धमाका गर्ने तयारीमा छ । शाहरुखको फिल्म ‘पठान’ २५ जनवरी २०२३ मा रिलिज हुनेछ ।

Logo