८० वर्षे अमिताभको दैनिकी, स्वस्थ रहन के गर्छन उनी ?

८० वर्षे अमिताभको दैनिकी, स्वस्थ रहन के गर्छन उनी ?

केन्द्रबिन्दु
0
Shares

बलिउडका मेगास्टार अमिताभ बच्चन ८० वर्षका भइसकेका छन् । 

अमिताभको जन्म ११ अक्टोबर १९४२ मा उत्तर प्रदेशको इलाहाबादमा भएको थियो । ‘बिग बी’ नामले परिचित उनी बलिउडमा सबैभन्दा लामो फिल्मी करियरका कलाकारहरूमध्ये एक मात्र नभई, उनले आफ्नो फिटनेसले मानिसहरूलाई प्रेरित पनि गरिरहन्छन् । तर के तपाईलाई थाहा छ ‘बिग बी’को डाइट प्लान के कस्तो रहेको छ ? जसको पालनागर्दा अमिताभ ८० वर्षको उमेरमा पनि पूर्ण रुपमा फिट देखिन्छन् । आजको लेखमा हामी तपाईलाई ‘बिग बी’को यो डाइट प्लानबारे जानकारी गराउनेछौं ।

एक रिपोर्ट अनुसार बिग बी ब्रेकफास्टमा अण्डा भुर्जी र एक गिलास दूध समावेश गर्ने गर्छन । बिहानको खाजापछि, अमिताभ बच्चन बिहान र दिउँसो खाजापछि नरिवलको पानी, अमलाको जुस, केरा, खजूर, तुलसीको पात र बदाम खान मन पराउँछन् । अमिताभ बच्चनको लंच धेरै उच्च फाई हुदैन, उनी लंचमा धेरै सरल खानेकुरा रोजछन् । जसमा तरकारी, रोटी र दाल समावेश हुन्छ । भनिन्छ बिग बी पहिले नन–भेज खाना खान्थे, तर सन् २००० देखि उनी पूर्ण रूपमा शाकाहारी बनेका हुन ।

यस्तै ‘बिग बी’ डिनर पनि धेरै हल्का गर्छन । उनलाई डनिरका रुपमा केही सूप खान मन पर्छ । कहिलेकाहीँ उनलाई पनीर भुर्जी पनि खान मन लाग्छ । अमिताभ बच्चन कहिलेकाहीं आफ्नो आहारसंग चिट गर्छन् । वास्तवमा, उनलाई चाट खुब मन पर्छ । सोहि कुरालाई सम्झदै उनी भन्छन् ‘कौन बनेगा करोडपति १२’ को एक एपिसोडमा, म दिल्लीको बजारमा रहेको बंगाली स्वीट हाउस गएको थिए, त्यहाँको चाट मलाई खुब मन पर्छ ।’ उनले बताए ।

 

अमिताभ बच्चनले वर्षौंअघि रक्सी त्यागिसकेका छन् । अहिले अवस्था यस्तो छ कि बिग बी ले कार्बन ग्यासले भरिएको चिया, कफी वा त्यस्तो कुनै पेय पदार्थ खाँदैनन् । हिड्नु अमिताभ बच्चनको फिटनेसको सबैभन्दा ठूलो मन्त्र हो । रिपोर्टका अनुसार हरेक २० मिनेटमा उनी केही समय हिँड्छन्, जसले गर्दा उनको रक्तसञ्चार राम्रो रहेको छ । 

 

Logo