रश्मिका मन्डन्नाको फिल्म ‘गुडबाई’ ४ दिन पनि बक्स अफिसमा टिकेन

रश्मिका मन्डन्नाको फिल्म ‘गुडबाई’ ४ दिन पनि बक्स अफिसमा टिकेन

केन्द्रबिन्दु
0
Shares

रश्मिका मन्डन्नाको फिल्म ‘गुडबाई’ लगातार चर्चामा रहेको छ । 

रश्मिको फिल्म ७ अक्टोबरमा रिलिज भएको थियो । रश्मिकाको बलिउडमा डेब्यु फिल्मले बक्स अफिसमा टहल्का मच्चाउने विश्वास गरिएको थियो । तर, त्यस्तो बक्स अफिसमा केही देखिँदैन । विजय देवरकोंडापछि दक्षिण भारतीय अर्का कलाकार रश्मिका मन्डन्नाको यो फिल्म पनि बक्स अफिसमा फ्लप भएको छ । फिल्ममा रश्मिका मन्डन्नासँगैं अमिताभ बच्चन र नीना गुप्ता जस्ता दिग्गज कलाकार पनि देखिएका थिए । त्यसका बाबजुत पनि फिल्म गुडबाईको जादू जनतामा चल्न सकेन ।

फिल्मले पहिलो दिनमै एक करोडको आँकडा पार गर्न सकेन । चलचित्र ‘गुडबाई’ले पहिलो दिन ९३ लाख रुपैयाँ कमाएको थियो । योसँगै गुडबाईले यस वर्षको सबैभन्दा कम ओपनिङ गर्ने हिन्दी फिल्म बनेको थियो । त्यसपछि शनिबार फिल्मले १.३५ करोडको व्यापार गरेको थियो । यो साताको अन्त्यमा फिल्मको कमाईमा सुधार आएको छ । फिल्मले आइतबार १.५० करोड कमाइ गरेको छ, यसैबीच रिलिजको चौथो दिन फिल्मको कमाई ०.४० करोडमा मात्र झरेको छ।

रश्मिका मन्डनाको फिल्मले चार दिनमा ४.४७ करोडको मात्र व्यापार गर्न सकेको छ । ४ दिन बितिसक्दा पनि यो फिल्मले ५ करोडको आँकडा पार गर्न सकेको छैन । फिल्म गुडबाईको सुस्त गतिलाई हेरेर यो फिल्म बक्स अफिसमा धेरै दिन टिक्न नसक्ने अनुमान गरिएको छ । एकता कपुरले फिल्म गुडवाई निर्माण गरेकी हुन् । 

Logo