अक्षय कुमारको फिल्म ‘राम सेतु’को ट्रेलर सार्वजनिक, दीपावलीका दिन अजय देवगनको ‘थ्याङ्क गड’सँग जुड्दै

अक्षय कुमारको फिल्म ‘राम सेतु’को ट्रेलर सार्वजनिक, दीपावलीका दिन अजय देवगनको ‘थ्याङ्क गड’सँग जुड्दै

केन्द्रबिन्दु
0
Shares

अक्षय कुमारको फिल्म ‘राम सेतु’को ट्रेलर सार्वजनिक भएको छ । 

दुई मिनेट नौ सेकेण्ड लामो ट्रेलरमा अक्षय कुमार आफ्नो टोलीसँग राम सेतुको खोजीमा गइरहेको देखाइएको छ । यसै क्रममा अक्षयले गोप्य कुरा पत्ता लगाउँछन् जुन कसैलाई थाहा हुँदैन । अक्षयले त्यो रहस्य सबैका अगाडि ल्याउने निर्णय २५ अगस्टका दिन गरेका छन् । राम सेतुको ट्रेलरलाई रिलिज हुन साथ मानिसहरुले निकै रुचाइएका छन् । ट्रेलरको अन्त्यमा अक्षय कुमार हातमा ठूलो ढुङ्गा लिएर पानीमा हिडिरहेको देखाइएको छ ।

‘राम सेतु’ अभिषेक शर्माले निर्देशन गरेका हुन् । फिल्ममा अक्षय कुमारका अलावा ज्याकलिन फर्नान्डिज, नस्सर, नुसरत भरुचा र प्रवेश रानाको पनि अभिनय रहेको छ । यो फिल्म यस वर्षको अक्टोबर २५ मा दीपावलीको अवसरमा रिलिज हुँदैछ । फिल्मले बक्स अफिसमा अजय देवगनको ‘थ्याङ्क गड’ सँग टक्कर गर्नेछ । यो वर्ष रिलिज हुन लागेको अक्षय कुमारको यो पाँचौं फिल्म हो । जसबाट फ्यानहरुले धेरै आशा राखेका छन् ।

सन् २०२२ मा रिलिज भएका अक्षयका पछिल्ला चार फिल्म बक्स अफिसमा फ्लप भएका थिए । ‘राम सेतु’ ले बक्स अफिसमा कस्तो प्रदर्शन गर्छ त्यो भने हेर्न बाँकी नै छ ।

Logo