फिल्म ‘डबल एक्सएल’मा क्रिकेटर शिखर धवनको डेब्यु

फिल्म ‘डबल एक्सएल’मा क्रिकेटर शिखर धवनको डेब्यु

केन्द्रबिन्दु
0
Shares

सोनाक्षी सिन्हा र हुमा कुरैशीको आगामी फिल्म ‘डबल एक्सएल’को बारेमा नयाँ अपडेट आएको छ । 

यो फिल्मबाट क्रिकेटर शिखर धवन फिल्मी पर्दामा आउन लागेका छन । ‘डबल एक्सएल’ मा क्रिकेटर शिखर धवन क्यामियो रोलमा देखिनेछन् । हालै हुमा कुरैशीले सेयर गरेकी एक मोशन पोस्टमा हुमा स्टेडियम र माइकसँग देखिएकी छिन् । फिल्ममा क्रिकेटर शिखर धवनको विशेष भूमिका रहने बताइएको छ । पिंकभिलाको रिपोर्ट अनुसार शिखर धवनले पनि यस फिल्ममा आफ्नो उपस्थितिको बारेमा ‘एथलीट भएर देशका लागि खेल्दै आएको छु, जीवनमा सधैं व्यस्त हुन्छु । मेरो जिवनकै सबैभन्दा मनोरञ्जनात्मक काम नै फिल्महरू हेर्नु हो । जब मलाई फिल्मको प्रस्ताव आयो, मैले फिल्मको कथा सुने, जसले ममा गहिरो छाप छोड्यो । मलाई आशा छ कि धेरै युवा, केटा, केटीहरूले आफ्नो सपनाको उडान लिन्छन्, तिनीहरूका सपनाहरू जे भए पनि ।’ उनले भनेका छन् । 

यसैबीच सामाजिक सञ्जालमा शिखर र हुमाको एउटा तस्बिर भाइरल भइरहेको छ । जसमा दुवैले एकअर्काको हात समातेको देखिन्छ । यो तस्विर फिल्मकै एक हिस्सा भएको बताइएको छ । सतराम रमानीद्वारा निर्देशित, ‘डबल एक्सएल’ नोभेम्बर ४, २०२२ का दिन थिएटरहरूमा रिलिज हुँदैछ । यस फिल्ममा हुमा कुरेशी र सोनाक्षी सिन्हासँगै शिखर धवन, जहीर इकबाल र महत राघवेन्द्र पनि देखिनेछन् ।

Logo