बलिउडबाट ओस्कारमा छानिन सफल फिल्म ‘छेल्लो शो’ अभिनेताको मृत्यु

बलिउडबाट ओस्कारमा छानिन सफल फिल्म ‘छेल्लो शो’ अभिनेताको मृत्यु

केन्द्रबिन्दु
0
Shares

९५ औं एकेडेमी अवार्ड (ओस्कार) मा भारतबाट प्रवेश पाएको गुजराती फिल्म ‘छेल्लो शो’ का बाल कलाकार राहुल कोलीको निधन भएको छ । 

रिपोर्टका अनुसार उनी १५ वर्षका थिए । उनी केही समयदेखि ब्लड क्यान्सरसँग लडिरहेका थिए । राहुल ‘चेल्लो शो’ का ६ प्रख्यात बाल कलाकार मध्ये एक थिए । फिल्म रिलिज हुनुअघि नै उनको निधनले छेल्लो शोको सम्पूर्ण टिम मात्र होइन चलचित्र क्षेत्र पनि शोकमा डुबेको छ ।

राहुलका बुबा कालु कोलीले कुराकानीका दौरान “आफ्नो छोरालाई मृत्युअघि बारम्बार ज्वरो आउने र रगत बान्ता गरेको बताए । यससँगै उनले यो आफ्नो लागि निकै दुखद समय भए पनि छोराको फिल्म ‘चेल्लो शो’ अवश्य हेर्ने बताए । अक्टोबर १४ मा रिलिज हुन लागेको उनको फिल्म ‘लास्ट फिल्म शो’ सँगै हेर्नेछौं । त्यसपछि उनको अन्तिम शुद्धिकरण गर्नेछौं ।” यस कुराकानीमा कालुले राहुल आफ्नो जेठो छोरा भएको पनि बताए ।

Logo