‘दयाबेन’ अर्थात दिशा वकानी पूनः तारक मेहताका उल्टा चश्मा’मा फर्किदै

‘दयाबेन’ अर्थात दिशा वकानी पूनः तारक मेहताका उल्टा चश्मा’मा फर्किदै

केन्द्रबिन्दु
0
Shares

असित मोदीको चर्चित सिटकम शो ‘तारक मेहता का उल्टा चश्मा’ले विगत १५ वर्षदेखि दर्शकहरूलाई मनोरञ्जन दिइरहेको छ । 

लामो समयदेखि प्रशारण भइरहेकाले यो शो मानिसको भावनासँग जोडिएको छ । शो’को कथा मात्र नभई यसका पात्रहरू पनि फ्यानका लागि धेरै महत्व राख्छन् । शो’का हरेक पात्रको आफ्नै विशेष फ्यान फलोइङ छ । योसँगै दर्शक लामो समयदेखि शोको फेबरेट क्यारेक्टर ‘दयाबेन अर्थात् दिशा वकानी’को पुनरागमनको प्रतीक्षामा थिए । रिपोर्ट अनुसार प्रतिक्षाको घडी अन्त्य हुने भएको छ । किनकी अब छिट्टै दयाबेनको मधुर स्वर गोकुलधाममा पूनः गुन्जिनेछ ।

वास्तवमा अहिले ‘तारक मेहता का उल्टा चश्मा’मा नवरात्रि उत्सवको ट्र्याक चलिरहेको छ । यस समयमा सम्पूर्ण गोकुलधाम बासी उत्सवमा छन् । सबैजना गरबाको तयारीमा व्यस्त छन् । रिपोर्टका अनुसार जेठालाल साँझको पहिलो आरती गर्न लागेका बेला माता रानीसँग आफ्नो कोकिला अर्थात् दयाको फिर्ताको लागि प्रार्थना गर्दछन्, त्यसपछि मात्र उनको मनोकामना पूरा हुन्छ । समाचार अनुसार दयाबेन नवरात्री पुजामा फर्किने छिन् ।

Logo