नेटफ्लिक्सको इतिहासमा दोस्रो सबैभन्दा धेरै हेरिएको सिरिजः डाहमर

नेटफ्लिक्सको इतिहासमा दोस्रो सबैभन्दा धेरै हेरिएको सिरिजः डाहमर

केन्द्रबिन्दु
0
Shares

नेटफ्लिक्समा रिलिज भएको क्राइम वेब सिरिज डाहमर (डाहमरः मोन्स्टर द जेफ्रि डाहमर स्टोरी) को पहिलो सिजनले स्ट्रिमिङका साथसाथै दर्शक संख्यामा पनि रेकर्ड बनाएको छ ।

रिपोर्टका अनुसार यो नेटफ्लिक्सको इतिहासमा दोस्रो सबैभन्दा धेरै हेरिएको सिरिज भएको छ । यो सिरिज डाहमरको वास्तविक जीवनबाट प्रेरित हो । यो सिरिज २१ सेप्टेम्बरका दिन ओटीटी प्लेटफर्ममा स्ट्रिम गरिएको थियो । यो सिरिज नेटफ्लिक्सको अङ्ग्रेजी टिभी शीर्ष १० सूचीमा लगातार तेस्रो हप्तामा पहिलो स्थानमा छ । यो सिरिजले अक्टोबर ३ देखि ९ सम्ममा २०५.३३ मिलियन घन्टाको भ्युअरसिप प्राप्त गरेको छ ।

भेराइटी वेबसाइटको रिपोर्ट अनुसार यो आंकडा रिलीजको शुरुवाती दिन देखिको हो । यस दायरामा ‘डाहमर’भन्दा ठीक अगाडि स्ट्रेन्जर थिंग्सको चौथो सिजन रहेको छ । जसले पहिलो २८ दिनमा १.३५ बिलियन घन्टा भ्युअरसिप प्राप्त गरेको थियो । जेफ्री डाहमर अमेरिकाको अपराध इतिहासमा सबैभन्दा क्रृर, निन्दनीय र खतरनाक हत्याराका रुपमा कुख्यात थिए । डाहमेरलाई मानव भक्षकको आरोप पनि लगाइएको थियो । 

Logo