पत्नीका लागि कर्वा चौथको ब्रत राख्ने बलिउडका ५ कलाकार

पत्नीका लागि कर्वा चौथको ब्रत राख्ने बलिउडका ५ कलाकार

केन्द्रबिन्दु
0
Shares

कर्वा चौथ भारतीय हिन्दुहरुको प्रमुख चाड हो । 

यो व्रत बिहान १० बजे सूर्योदय अघि सुरु भई राति चन्द्रमा देखेपछि समापन हुन्छ । कर्वा चौथको व्रत ग्रामीणदेखि सहरीया सबै महिलाले भक्ति र उत्साहका साथ मनाउने गर्दछन् । तर भारतीय फिल्म इन्डस्ट्रीमा केहि यस्ता विवाहित नायक तथा खेलाडीहरु छन् जो पत्नीका लागि करवा चौथको व्रत राख्नमा विश्वास गर्छ ।

१. अभिषेक बच्चन
ऐश्वर्या राय र अभिषेक बच्चन बलिउडका उत्कृष्ट जोडी मध्ये एक हुन् । यी दुवै सन् २००७ मा विवाह बन्धनमा बाँधिएका थिए । अभिषेक बच्चनले सन् २०१८ मा ऐश्वर्याका लागि कर्वा चौथको व्रत बसेको बताएका थिए । यति मात्र होइन, अभिनेताले ट्वीटमार्फत अन्य श्रीमानलाई पनि त्यस्तै गर्न आग्रह गरेका थिए । 

२. रणवीर सिंह
रणवीर सिंह पनि आफ्नी पत्नी तथा अभिनेत्री दीपिका पादुकोणसँग गहिरो प्रेम गर्छन । सोहि कारण कर्वा चौथको दिन उनी पनि आफ्नी श्रीमतीका लागि ब्रत बस्ने गरेका छन् । रणवीर आफैंले दीपिकाको दीर्घायुको लागि करवा चौथ व्रत बसेको खुलासा गरेका थिए ।

३. आयुष्मान खुराना
आयुष्मान खुरानाले सन् २००८ मा ताहिरा कश्यपसँग विवाह गरेका थिए । आयुष्मान पनि करवा चौथको व्रत बस्ने सेलिब्रेटीमध्ये एक हुन् । सन् २०१८ मा एक अन्तर्वार्तामा आयुष्मानले भनेका थिए, ‘विगत दुई वर्षदेखि हामी करवा चौथको व्रतसँगै राख्दै आएका छौँ । ताहिराले ब्रत बस्न नपाएको यो पहिलो पटक हो । त्यसैले मैले यो व्रत एक्लै बस्ने निर्णय गरेको छु । सन् २०१८ मा ताहिरालाई स्तन क्यान्सर भएको पत्ता लागेको थियो, जसका कारण उनले व्रत बस्न सकिनन् ।

४. जय भानुशाली
टिभी उद्योगका चर्चित जोडी जय भानुशाली र माही विज एकअर्कालाई असाध्यै माया गर्छन् । जय भानुशालीले आफ्नी श्रीमतीलाई विशेष अनुभूति गराउन हरेक वर्ष कर्वा चौथ व्रत बस्ने गर्छन् । यसको खुलासा जय स्वयंले गरेका हुन् । 

५. राज कुन्द्रा
बलिउड अभिनेत्री शिल्पा शेट्टी र राज कुन्द्राबीच कति प्रेम छ, त्यो भन्न आवश्यक छैन । उनीहरुको विवाह भएको १३ वर्ष भइसकेको छ । शिल्पा राजको लागि कर्वा चौथको व्रत बस्छिन् भने उनका श्रीमान पनि शिल्पाका लागि दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्छन् ।

 

Logo