‘मिर्जापुर ३’ लाई सर्वोच्चले नरोक्ने

‘मिर्जापुर ३’ लाई सर्वोच्चले नरोक्ने

केन्द्रबिन्दु
0
Shares

चर्चित क्राइम वेब सिरिज ‘मिर्जापुर’को रिलिजमा सर्वोच्च अदालतले रोक लगाउन अस्वीकार गरेको छ । 

सर्वोच्च अदालतले एक निवेदनमा सुनुवाइ गर्दै अनलाइन प्लेटफर्ममा रिलिज हुने वेब सिरिज, फिल्म वा अन्य कार्यक्रमहरूको प्रि–स्क्रिनिङ अघि कसरी सेन्सरशिपहुन हुनसक्छ भनेर सोधेको छ ? भारतका प्रधानन्यायाधीश यूयू ललितको नेतृत्वमा रहेको इजलासले प्रि–सेन्सरशिपलाई अनुमति दिनु हुँदैन भनि बताए । 

मिर्जापुरका सुजितकुमार सिंहले वेब सिरिज, फिल्म वा अन्य सामग्रीलाई अनलाइन प्लेटफर्ममा रिलिज गर्नका लागि ‘प्रि–स्क्रिनिङ’ समिति गठन गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । शहरको ऐतिहासिक र सांस्कृतिक छविप्रति, ओटीटी सिरिजले नग्नता, अश्लीलता, उत्पीडन र घृणायुक्त भाषणले भरिएको भनि निवेदनमा भनिएको थियो ।

निवेदकको सुनुवाई गर्दै सर्वोच्चले भनेको छ, ‘जबसम्म कानूनको उल्लंघन हुर्दैन सिरिज प्रशारण जारी रहनेछ किनभने विद्यमान कानून ओटीटीमा पनि लागू हुन्छ । यदि परिवर्तन गरियो भने, धेरै प्रश्नहरू उठ्नेछ । किनभने ती सिरिजहरू अन्य देशमा पनि प्रसारण हुन्छन् ।’ अदालतले निवेदकलाई आफ्नो निवेदन फिर्ता लिन पनि निर्देशन दिएको छ । योसँगै ‘मिर्जापुर ३’ को रिलिजको बाटो पनि खुलेको छ ।

Logo