केन्या घुम्न गएका बालाजी टेलिफिल्मका पूर्वसीइओ जुल्फिकार ८० दिनदेखि सम्पर्कविहिन

केन्या घुम्न गएका बालाजी टेलिफिल्मका पूर्वसीइओ जुल्फिकार ८० दिनदेखि सम्पर्कविहिन

केन्द्रबिन्दु
0
Shares

स्टार र बालाजीका पूर्व वरिष्ठ कार्यकारी जुल्फिकार खान केन्यामा जुलाई २१, २०२२ देखि बेपत्ता भएका छन् । 

मनोरञ्जन उद्योगका दिग्गज ४८ वर्षिय जुल्फिकार मुम्बईका बासिन्दा हुन् । उनी बेपत्ता भएकाले उनको परिवारले भारत सरकारलाई उनको खोजी गर्न अनुरोध गरेको छ । जुल्फिकार खानले यसै वर्ष मे महिनामा बालाजी टेलिफिल्म्सको सीओओ पदबाट राजीनामा दिएका थिए । जुलाईमा उनी केन्यामा छुट्टी मनाई  जुलाई २४ मै भारत फर्कने योजना थियो । तर, उनी जुलाई २१ देखि सम्पर्कविहीन छन् । 

जुल्फिकारका परिवारका सदस्यहरूले विदेश मन्त्रालय (एमईए) र केन्यामा रहेको भारतीय उच्चायोगलाई जुल्फिकारको खोजीमा मद्दत गर्न पत्र लेखिसकेका छन् । खानका नातेदार अकील हुसेनका अनुसार, “उनले हामीलाई केन्यामा केही भारतीय नागरिकहरूसँग पार्टीमा उपस्थित छु भनेका थिए । जुल्फिकार स्थानीय ट्याक्सी चालकसँग राति अबेर पार्टीबाट निस्केका थिए । भोलिपल्ट बिहान उनी चढेको गाडीको इन्जिन चलिरहेको र गाडीका सबै ढोका खुला रहेको अवस्थामा भेटिएको थियो । उनी चढेको कारमा को–को थिए भन्ने अझै खुल्न सकेको छैन ।’ 

केन्याका प्रख्यात वकिल अहमदनासिर अब्दुल्लाहीले खानको बारेमा जानकारी पाएपछि खानको परिवारलाई घटना बारे जानकारी दिएका थिए । अब्दुल्लाहीले केन्याको अदालतमा अनुसन्धानका लागि निवेदन दिएपछि बेपत्ता केन्याली ट्याक्सी चालकका परिवारले प्रहरीमा उजुरी दिएका छन् । जुल्फिकार खानका परिवारका सदस्यहरु लगातार खानको नम्बरमा सम्पर्क गर्ने प्रयास गरिरहेका छन् । यसबाहेक उनीहरूले आफ्नो व्हाट्सएप नम्बरमा पनि म्यासेज पठाइरहेका छन् । तर ती म्यासेजहरु डेलिभर भइरहेको छैन ।

Logo