इन्डियन आइडल पवनदीपको नेपाली गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो ?’ (भिडियो)

इन्डियन आइडल पवनदीपको नेपाली गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो ?’ (भिडियो)

केन्द्रबिन्दु
0
Shares

इन्डियन आइडल–१२ का बिजेता पवनदीप राजनको पहिलो सोलो नेपाली गीत  ‘तिम्रो हाम्रो भेट कहिले हुने हो ?’ सार्वजनिक भएको छ। 

गीतकार आनन्द अधिकारीको शब्द रचना र म्युजिक डाइरेक्टर शिखर सन्तोषको संगीत रहेको गीतलाई म्युजिक नेपालको  युट्युव च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो । कैलास स्टुडियो मुम्बईमा रेकर्ड गरिएको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ । 

कलाकारहरु आकाश श्रेष्ठ र मल्लिका महतको अभिनय रहेको भिडियोलाई निर्देशक भुषण दाहालले निर्देशन गरेका हुन् । डोरबहादुर कटुवाल र प्रकाश गोपलीको सिनेमाटोग्राफी, पदम तिमिल्सिनाको सम्पादन रहेको भिडियोमा राजु याक्चाको सहनिर्देशन रहेको छ । धेरै नेपालीको मन जित्न सफल भएका पवनदीपको यस गीतले पनि सबैको मन जित्ने अपेक्षा गरिएको छ । उनि कार्यक्रमका लागि काठमाडौं पनि आइसकेका छन् । 

Logo