‘टाइगर ३ देखि पठान’सम्म सन् २०२३ को क्यालेन्डर वर्ष बुक गरिसकेका छन् यी फिल्मले

‘टाइगर ३ देखि पठान’सम्म सन् २०२३ को क्यालेन्डर वर्ष बुक गरिसकेका छन् यी फिल्मले

केन्द्रबिन्दु
0
Shares

बलिउडदेखि साउथसम्मका फिल्मले वर्ष २०२३ मा धमाका गर्न तयारी अवस्थामा  रहेको छ । 

मिडिया रिपोर्टका अनुसार हालै सलमान खानका दुई फिल्मको रिलिज मिति परिवर्तन गरिएको छ । पहिलो फिल्म टाइगर ३ दिपावलीका दिन रिलिज हुनेछ । त्यसपछि सन् २०२२ मा रिलिज हुने भनिएको फिल्म ‘किसी का भाई किसकी जान’ अब २०२३ को इदमा रिलिज हुनेछ । सलमानका यी फिल्म बाहेक वर्ष २०२३ मा कुन–कुन फिल्महरू रिलिज हुँदैछन् जानौं यो लेखबाट । 

आदिपुरुष
हालै साउथका सुपरस्टार प्रभासको फिल्म आदिपुरुषको टिजर भिडियोलाई लिएर निकै विवाद भएको थियो । प्रभासको यो फिल्म २०२३ को मकर संक्रान्तिका दिन रिलिज हुँदैछ । यो फिल्म रिलिज हुनुअघि नै (बोयकट) बहिष्कार सुरु भएको छ ।

पठान
बलिउडका किंग खान शाहरुख खानको फिल्म पठान सन् २०२३ को गणतन्त्र दिवस भन्दा एक दिन अगाडि रिलिज हुँदैछ । यो फिल्म फ्यानहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् ।

रकी और रानी की प्रेम कहानी
बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर सिंहको फिल्म ‘रकी एण्ड रानी’ सन् २०२३ को भ्यालेन्टाइन डे सप्ताहमा रिलिज हुँदैछ । करण जोहरको शो कफी विथ करणमा पनि यो फिल्मको चर्चा भएको थियो ।

लभ फिल्म
बलिउड अभिनेत्री श्रद्धा कपुर र रणवीर कपुरको फिल्म ‘लभ फिल्म’सन् २०२३ को होलीमा रिलिज हुँदैछ । यो फिल्मको नाम भने अहिलेसम्म फाइनल भएको छैन ।

भोला
अजय देवगन र बलिउड अभिनेत्री तब्बुको फिल्म भोलाको फ्यानहरु लामो समयदेखि पर्खिरहेका छन् । यो फिल्म २०२३ को रामनवमीका दिन रिलिज हुनेछ ।

बावल
वरुण धवन र बोनी कपुरकी छोरी जाह्नवी कपुर पनि सन् २०२३ मा ‘बवल’ फिल्ममा धमाका मचाउदै छिन् । यो फिल्म गुड फ्राइडेका दिन रिलिज हुँदैछ ।

किस का भाइ किसी की जान
सलमान खान र पूजा हेगडेको यो फिल्म यसअघि सन् २०२२ को डिसेम्बरमा रिलिज हुने तय भएको थियो तर मिडिया रिपोर्टका अनुसार अब यो फिल्म २०२३ को इदमा रिलिज हुनेछ ।

एनिमल
आलिया भट्टका पति तथा बलिउड अभिनेता रणवीर कपूरको फिल्म एनिमल पनि २०२३ मा रिलिज हुँदैछ । यो फिल्म भारतमा स्वतन्त्रता दिवसका दिन रिलिज हुँदैछ ।

फाइटर
बलिउड अभिनेता ऋतिक रोशनको फिल्म ‘फाइटर’ सन् २०२३ गान्धी जयन्तीका दिन रिलिज हुँदैछ । ऋतिक रोशनको भर्खरै रिलिज भएको फिल्म ‘विक्रम वेधा’ले खासै कमाल गर्न सकेन, अब यो फिल्मले कति कमाई गर्छ त्यो हेर्नै पर्ने छ ।

टाइगर ३
सलमान खानको फिल्म ‘टाइगर ३’ सन् २०२३ को ईदका दिन रिलिज हुदैछ । रिपोर्टका अनुसार यो फिल्म दीपावलीका दिन रिलिज हुनेछ । यस फिल्ममा सलमान खानसँगै कट्रिना कैफ पनि देखिनेछिन् ।

बडे मियाँ छोटे मियाँ
बलिउड अभिनेता टाइगर श्राफ र अक्षय कुमारको फिल्म बडे मियाँ–छोटे मियाँ सन् २०२३ को क्रिसमसमा रिलिज हुँदैछ । यो फिल्मको ट्रेलर पनि सार्वजनिक भएको छ ।
 

Logo