एसएस राजामैली जन्मदिन विशेष : बनाएका सबै फिल्म १००% सफल

एसएस राजामैली जन्मदिन विशेष : बनाएका सबै फिल्म १००% सफल

केन्द्रबिन्दु
0
Shares

साउथ फिल्म निर्देशक एसएस राजामौलीले आज आफ्नो ४९ औं जन्मदिन मनाइरहेका छन् । 

एसएस राजामौली आजको दिनसम्म आइपुग्दा भारतीय फिल्म उद्योगका नम्बर १ निर्देशक बनिसकेका छन् । निर्देशक एसएस राजामौलीले आफ्नो फिल्मी करियरमा सबै उत्कृष्ट फिल्म मात्र दिएका छन् । सोहि कारण आज उनी भारतीय फिल्म क्षेत्रमा सफल निर्देशकका रुपमा चिनिन्छन् । निर्देशक एसएस राजामौलीले आफ्नो करियरमा दर्शकलाई करिब १२ फिल्म दिइसकेका छन् । रोचक कुरा त के छ भने निर्देशक एसएस राजामौलीको सफलताको अनुपात १००% रहेको छ । त्यसैले फिल्म निर्देशक एसएस राजामौलीलाई हिट मेसिन पनि भनिन्छ । फिल्म निर्देशक एसएस राजामौलीका यी फिल्महरूको सूची यहाँ हेर्न सक्नुहुन्छ।

स्टुडेन्ट नम्बर १
निर्देशक एसएस राजामौली निर्देशित उनको पहिलो फिल्म स्टुडेन्ट नम्बर १ हो । जुन सन् २००१ मा सिल्वर स्क्रिनमा रिलिज भएको थियो । उनको पहिलो फिल्ममै  उनले जुनियर एनटीआरसँग मिलेर पहिलो फिल्मबाट १२.१० करोड कमाएका थिए । विशेष कुरा के छ भने यो जुनियर एनटीआरको पनि पहिलो हिट फिल्म पनि थियो ।

सिम्हाद्री
स्टुडेन्ट नम्बर १ पछि जुनियर एनटीआर र निर्देशक एसएस राजामौलीको अर्को फिल्म सिम्हाद्री पनि ब्लकबस्टर भएको थियो । यो फिल्म सन् २००३ मा भएको थियो । फिल्मले पनि त्यतिबेला थिएटरबाट ४६.१२ करोडको कमाइ गरेको थियो ।

सई
निर्देशक एसएस राजामौलीको तेस्रो फिल्म ‘सई’ अभिनेता निथिनसँग सन् २००४ मा सिनेमाघरमा रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा १३.०५ करोड कमाएको थियो । यो फिल्म पनि हिट भएको थियो ।

छत्रपति
सन् २००५ मा रिलिज भएको प्रभास स्टारर निर्देशक एसएस राजामौलीको फिल्म छत्रपति पनि सुपरहिट भएको थियो । यो प्रभासको पहिलो हिट फिल्म पनि थियो । फिल्मले थिएटरबाट २३.८५ करोड कमाएको थियो । 

विक्रमाकुडु
रवि तेजा स्टारर निर्देशक एसएस राजामौलीको फिल्म विक्रमाकुडुले बक्स अफिसबाट सन् २००६ मा २५.०३ करोड कमाएको थियो । यो फिल्म पनि सुपरहिट भएको थियो ।

यमाडोंगा
सन् २००७ मा फेरि एकपटक जुनियर एनटीआर र निर्देशक एसएस राजामौलीको फिल्म यामडोंगाले पनि बक्स अफिसमा धमाका मच्चाएको थियो । यो पनि यी दुई जोडीको सुपरहिट फिल्म भएको थियो ।

मगधीरा
टलिउड सुपरस्टार राम चरणले निर्देशक एसएस राजामौलीसँग आफ्नो पहिलो ब्लकबस्टर फिल्म मगधीरा बनाएका थिए । राम चरणको करियरको पहिलो फिल्म सन् २००९ मा रिलिज भएको थियो । जसले टलिउड सिनेमामा १०० करोडभन्दा बढी कमाएको थियो । फिल्मले कुल १३९.७५ करोड कमाई गरेको थियो । यो फिल्म त्यसबेला एक ठूलो ब्लकबस्टर बनेको थियो ।

मर्यादा रमना
सन् २०१० मा अभिनेता सुनीलसँग आएको निर्देशक एसएस राजामौलीको फिल्म मर्यादा रमन्नाले बक्स अफिसबाट ३८.७४ करोड कमाएको थियो । यो पनि सुपरहिट फिल्म थियो ।

ईगा
नानी–किच्चा सुदीप र सामन्था रुथ प्रभुको फिल्म साल एगाले सन् २०१२ मा १२६.८४ करोडको व्यापार गरेको थियो । यो पनि सुपरहिट फिल्म थियो ।

बाहुबली
सुपरस्टार प्रभासको फिल्म बाहुबलीले सिनेमाघरबाट २ हजार १५ करोड कमाएको थियो । यो फिल्म एसएस राजा मैलीको पहिलो ब्लकबस्टर फिल्म थियो । 

बाहुबली २
प्रभास र अनुष्का शेट्टीको फिल्मको दोस्रो भागले पनि धमाका कमाएको थियो । फिल्मले विश्वभर १८१० करोड कमाएको थियो । बाहुबली सिरिजपछि फिल्म निर्देशक एसएस राजामौलीको यो फिल्मले विश्वभर १२ सय करोड कमाएको थियो । यो फिल्म पनि ब्लकबस्टर नै भयो ।
 

Logo