सबैभन्दा महंगा नेपाली र्‍यापर दोङ, भिटेन, जी-बब र लाउरेले कति कमाउछन् ?

सबैभन्दा महंगा नेपाली र्‍यापर दोङ, भिटेन, जी-बब र लाउरेले कति कमाउछन् ?

केन्द्रबिन्दु
0
Shares

देश विदेशबाट उच्च डिमान्ड भएसँगै दोङले आफ्नो पारिश्रमिकमा भारी वृद्धि गरेका छन् ।

विदेशमा हुने एक शोमा प्रस्तुति दिएबापत दोङले ५ हजार अमेरिकी डलर (६ लाख रुपैयाँ भन्दा बढी) पारिश्रमिक लिने गरेका छन् । हालै अस्ट्रेलिया टुरबाट उनले २२ लाख रुपैयाँ कमाए गरेका थिए । कतिपय विदेशी आयोजकसँग दोङले उक्त मूल्यमै सम्झौता गरेको जनाइएको छ । ‘दश टाउके रावण’ दोङको सबैभन्दा चर्चित गीत हो ।
यस्तै दोङलाई पछ्याउरहेका र्‍यापरमा भिटेन दोस्रो महंगो कलाकार हुन्  भिटेनले विदेशमा हुने एउटा शो बापट ३ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक लिने गरेका छन् । यसैगरी जी(बब तेस्रो महंगा र्‍यापर हुन्, उनले प्रति शो पारिश्रमिक दुई लाख रुपैयाँ भन्दा बढी छ । जी–बबले तिहारलगत्तै अन्तर्राष्ट्रिय टुर सुरु गर्दैछन् । नेपालसहित ५० वटा शो उनको निश्चित भइसकेको छ । यस्तोमा विदेशबाट जी बबलाई आकर्षक कमाइ हुनसक्छ ।

डीएनएक्सले डेढ लाख रुपैयाँ पारिश्रमिक लिने गरेका छन् । विदेशबाट समेत पछिल्लो समय उनको डिमान्ड भइरहेको छ । लाउरे पनि अर्का चर्चित र्‍यापर हुन्, जसको पनि विदेशका कार्यक्रममा उच्च माग छ ।

Logo