‘रामायण’ फिल्ममा ऋतिक रावण र रणवीर रामको भुमिकामा

‘रामायण’ फिल्ममा ऋतिक रावण र रणवीर रामको भुमिकामा

केन्द्रबिन्दु
0
Shares

जनवरी २०२३ मा रिलिज हुने भएको प्रभास, सैफ अली खान र कृति सेनन स्टारर ‘आदिपुरुष’पछि रामायणको कथालाई एक पटक फेरि पर्दामा ल्याउने प्रयास भइरहेको छ । 

दंगल, छिछोरे जस्ता फिल्म बनाएका निर्देशक नितेश तिवारीले रामायण फिल्मलाई तिब्र गतिमा काम गर्ने खबर बाहिरिएको छ । रामायण फिल्म ठूलो पर्दाको लागि बनाइएको हो वा वेबसिरिजको लागि भन्ने खुलिसकेको छैन । तर फिल्मको कास्टिङ सुरु भएको आकल चलिरहेको छ । ‘रामायण’ फिल्ममा ऋतिक रोशन रावणको भूमिकामा देखिने चर्चा छ भने रामको भूमिकाका लागि रणवीर कपुरको नाम चर्चामा आइरहेको छ । नितेश तिवारी निर्देशित रामायणमा सीताको भूमिकामा भने कुनै बलिउड अभिनेत्रीलाई दिइएको छैन ।

बक्स अफिस वर्ल्ड वाइडकाअनुसार, तिवारी निर्देशित रामायणको पछिल्लो अपडेटमा सीताको भूमिकामा तमिल, तेलुगु र मलयालम अभिनेत्री साई पल्लवीले खेल्ने छिन् । यसअघि सीताको भूमिकाका लागि दीपिका पादुकोणको नाम चर्चामा थियो । रामायण फिल्म पछिल्लो डेढ वर्षदेखि फिल्मको प्रि–प्रोडक्सन चलिरहेको र २०२३ मा सुटिङ सुरु हुने बताइएको छ । रिपोर्टका अनुसार यो भारतीय सिनेमाको सबैभन्दा ठूलो फिल्म हुनेछ । 

Logo