ऋतिकको फिल्म ‘फाइटर’ को भिएफएक्स ‘डीएनईजी कम्पनी’ ले गर्ने

ऋतिकको फिल्म ‘फाइटर’ को भिएफएक्स ‘डीएनईजी कम्पनी’ ले गर्ने

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेता ऋतिक रोशनको आगामी फिल्म ‘फाइटर’ को भिएफएक्स ब्रह्मास्त्र फिल्म बनाउने कम्पनी डीएनईजीले लिने भएको छ । 

समाचार वेबसाइट टाइम्सका अनुसार ऋतिक रोशनको एरियल एक्शन मनोरन्जन फिल्म ‘फाइटर’ का लागि डीएनईजी कम्पनीद्वारा तयार पारिने छ । फिल्मको एक्सन दृश्य वास्तविक लोकेशनका साथै हरियो स्क्रिनमा सुटिङ हुनेछ । फिल्मको सुटिङका लागि निर्माता हाइब्रिड मोडलमा काम गर्न चाहन्छन् ।

यसअघि ऋतिक रोशन र दीपिका पादुकोणलाई हलिउडका स्टन्ट म्यानाहरूले फाइटर, एक्सन सिक्वेन्स र शूट गर्न तालिम दिने बताइएको थियो । यो फिल्मसँगै ऋतिक–दीपिकाले पहिलो पटक स्क्रिन सेयर गर्दैछन् । फिल्ममा ऋतिक रोशन र दीपिका पादुकोण मुख्य भूमिकामा देखिनेछन् । फिल्ममा ऋतिक र दीपिकाका अलावा अनिल कपूर पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । मार्फलिक्स पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन् । गत वर्ष रिलिज भएको मोसन पोस्टरमा पनि चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको थियो । फिल्म अर्को वर्ष सेप्टेम्बर ३०, २०२३ मा सिनेमाघरमा रिलिज हुनेछ ।
 

Logo