‘आदिपुरुष’ को रिलिज डेट पछि ढकेलियो

‘आदिपुरुष’ को रिलिज डेट पछि ढकेलियो

केन्द्रबिन्दु
0
Shares

मिडिया रिपोर्टका अनुसार ‘आदिपुरुष’ को रिलिज डेट परिवर्तन भएको छ । 

ग्रेट आन्ध्रमा प्रकाशित एक रिपोर्टका अनुसार प्रभास, सैफ अली खान र कृति सेनन स्टारर फिल्म ’आदिपुरुष’ को रिलिज मिति स्थगित गर्नुको कारण फिल्मको कमजोर भिएफएक्स हुन सक्ने बताइएको छ । यसअघि ओम राउत निर्देशित फिल्मको टिजर रिलिज हुदा मानिसहरुले फिल्मको कमजोर भीएफएक्समा सैफ अली खान र भगवान हनुमानको लुकमा प्रश्न उठाएका थिए । यस्तो अवस्थामा फिल्मको निकै विरोध भएपछिख निर्माताले हार मानेको देखिन्छ ।

रिपोर्टका अनुसार टी–सिरिजको ब्यानरमा बनेको फिल्म ‘आदिपुरुष’ मकर संक्रान्तिपछि रिलिज हुने भएको छ । रिपोर्टका अनुसार मकर संक्रान्तिको दिन साउथका तीन ठूला फिल्म रिलिज हुँदैछन् । जसमा थालापथी विजयको ‘वरिसु’, चिरञ्जीवीको ‘मेगा १५४’ र नन्दमुरी बालकृष्णको ‘वीर सिम्हा रेड्डी’ रहेका छन् । यस्तो अवस्थामा ‘आदिपुरुष’का निर्माताले मकर संक्रान्तिको दिन पनि फिल्म रिलिज गर्नबाट जोगिन सक्छने देखिन्छन् । किनभने ५ सय करोडको बजेटमा बनेको यो फिल्म साउथका फिल्मसँगै रिलिज भयो भने फिल्मको कमाईमा नकारात्मक प्रभाव पर्ने प्रत्येक्ष देखिन्छ । 

Logo