साउथका यी स्टारहरुले रोजे व्यापारीका छोरी

साउथका यी स्टारहरुले रोजे व्यापारीका छोरी

केन्द्रबिन्दु
0
Shares

यतिबेला सबैको नजर बलिउड स्टारभन्दा साउथ फिल्मका स्टारहरुमा रहेको छ ।

साउथ फिल्मका यी स्टारहरूले आफ्नो अभिनय र फिल्मको माध्यमबाट गहिरो प्रभाव पारिरहेका छन् । यस्तो अवस्थामा यी स्टारहरुको पर्सनल लाइफको बारेमा जान्न मानिसहरुको मनमा जिज्ञासा उठिरहेको छ । यसै जिज्ञासाको अन्त्यका लागि आजको लेखमा हामी साउथ सुपरस्टार अल्लु अर्जुनदेखि रामचरणसम्मका पत्नीहरूका बारेमा बताउने छौं । जुन ठूला व्यापारीका छोरीहरु हुन् । 

१. रामचरण र उपासना कामिनेनी
सुपरस्टार रामचरणले आफ्नी जीवनसाथी उपासनासँग विवाह गरेका छन् । यी दुवै कलेज देखिका साथी थिए । रामचरण र उपासनाले सन् २०१२ मा विवाह गरेका थिए । भनिन्छ उपासना र रामचरणको १ विवाह मात्र कार्डलाई मात्र करिब १२ सय रुपैयाँ परेको थियो । उपासना कामिनेनी एक व्यापारिक परिवारबाट आउँछिन् । उनका हजुरबुबा प्रताप सी रेड्डी अपोलो अस्पतालका संस्थापक र अध्यक्ष हुन् । उनका पिता अनिल कामिलेनी केईआई ग्रुपका संस्थापक अनि उपासना आफै पनि एपोलो फाउन्डेसनकी उपाध्यक्ष हुन् ।

२. जुनियर एनटीआर र लक्ष्मी प्राणथी 
साउथ सुपरस्टार जुनियर एनटीआर र लक्ष्मी प्रणतिको विवाहलाई साउथ सिने जगतको सबैभन्दा महँगो विवाह मानिन्छ । यो विवाहमा १०० करोड रुपैयाँ खर्च भएको बताइन्छ । यी दुईको बिवाह सन् २०११ मा भएको थियो । जुनियर एनटीआरकी पत्नी लक्ष्मी एक प्रसिद्ध व्यापारी र टिभी न्यूज च्यानल नर्ने श्री निवास रावकी छोरी हुन् । उनकी आमा पनि राजनीतिज्ञ चन्द्रबाबु नायडूकी भान्जी हुन् ।

३. अल्लु अर्जुन र स्नेहा रेड्डी
साउथ सुपरस्टार अल्लु अर्जुनले सन् २०११ मा स्नेहा रेड्डीसँग विवाह गरेका थिए । स्नेहा रेड्डी र अल्लु अर्जुनको विवाह साउथ सिनेमाको सबैभन्दा महँगो विवाहमध्येको एक थियो । यो विवाहमा करिब १०० करोड रुपैयाँ खर्च भएको बताइन्छ । रिपोर्टका अनुसार स्नेहा रेड्डीले १ लाखको इन्गेजमेन्ट साडी लगाएकी थिइन् । स्नेहा रेड्डी तेलंगानाका प्रख्यात शिक्षाविद् कांचरिया चन्द्रशेखर रेड्डीकी छोरी हुन् । जो साइन्टिफिक इन्स्टिच्युट अफ टेक्नोलोजीका मालिक पनि हुन् ।

४. थालापथी विजय र संगीता सोर्नालिंगम
तमिल सुपरस्टार थालापथी विजयले श्रीलंकाका ठूला उद्योगपतिकी छोरी संगीता सोरालिंगमसँग विवाह गरेका हुन् । संगीता थालापाथी विजयको ठुलो फ्यान थिइन् र उनलाई भेट्न लन्डनबाट भारत आएकी थिइन् । त्यसपछि उनीहरुको मित्रता प्रेममा परिणत भयो र त्यसपछि यी दुबैले विवाह गरेका थिए ।

५. राणा दग्गुबती र मिहिका बजाज
तेलुगु फिल्म स्टार राणा दग्गुबातीकी पत्नी मिहिका बजाज पनि एक व्यापारिक परिवारबाट आएकी हुन् । मिहिका बजाजकी आमा क्रेसला जुल्सका क्रिएटिभ हेड र निर्देशक हुन् । मिहिका बजाज आफैं पनि एक प्रसिद्ध इन्टेरियर डिजाइनर हुन् ।

६. सुर्या शिवकुमार र ज्योतिका
सूर्य शिवकुमारले अभिनेत्री ज्योतिकासँग सन् २००६ मा विवाह गरेका थिए । दुवैको विवाह तमिल सिनेमाका ठूला विवाहहरूका रुपमा हेर्ने गरिएको छ । ज्योतिकाका पिता फिल्म निर्माता हुन् भने अभिनेत्री नग्मा उनकी सौतेनी बहिनी हुन् ।

७. दुल्कर सलमान र अमल सुफिया
मलयालम सुपरस्टार मामुट्टीका छोरा दुल्कर सलमानले आफ्नी प्रेमिका सुफियासँग विवाह गरेका छन् । यी दुवैले सन् २०११ को डिसेम्बरमा भव्य विवाह गरेका थिए । अमाल सुफिया चेन्नईका एक प्रख्यात व्यापारी सैयद निजामुद्दीनकी छोरी हुन् । अमाल सुफिया आफैं पनि इन्टेरियर डिजाइनर हुन् ।

 
 

Logo