अजय देवगन र सिद्धार्थ मल्होत्रा अभिनित फिल्म ‘थ्याङ्क गड’ को पहिलो दिनको कमाई १० करोड

अजय देवगन र सिद्धार्थ मल्होत्रा अभिनित फिल्म ‘थ्याङ्क गड’ को पहिलो दिनको कमाई १० करोड

केन्द्रबिन्दु
0
Shares

अजय देवगन र सिद्धार्थ मल्होत्राको फिल्म ‘थ्याङ्क गड’ अन्ततः हलमा रिलिज भएको छ । 

यस फिल्ममा रकुल प्रीत सिंह पनि मुख्य भूमिकामा देखिएकी छिन् । इन्दर कुमारको निर्देशनमा बनेको यो फिल्मले मानिसलाई निकै मनोरञ्जन दिइरहेको छ फिल्मको अग्रिम बुकिङ खासै नभए पनि समग्रमा फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । मिडिया रिपोर्टका अनुसार अजय देवगन र सिद्धार्थ मल्होत्राको फिल्मले पहिलो दिन ८ देखि १० करोड कमाइ गरेको छ । ‘थ्याङ्क गड’ फिल्मले अक्षय कुमारको ‘राम सेतु’ सँग कडा प्रतिस्पर्धा गरिरहेको छ ।

आगामी दिनमा अजय देवगनको फिल्मले राम सेतुको अगाडि टिक्न निकै मिहिनेत गर्नुपर्ने अनुमान गरिएको छ । फिल्ममा सिद्धार्थ मल्होत्रा घरजग्गा व्यवसाय गर्ने आयन कपूरको भूमिकामा देखिएका छन् । आयन कपूर कालो धनमा बढी विश्वास गर्छन् । फिल्ममा रकुल प्रीतले अयानकी पत्नी रुहीको भूमिका निर्वाह गरेकी छन् । यही बीचमा आयन कपूरको दुर्घटना हुन्छ, त्यसपछि फिल्ममा अजय देवगनको ब्यांग एन्ट्री देखाइक्ष्एको छ । 

Logo