प्रियंकाले पति निक र छोरी मालतीका साथमा मनाइन् दीपावली

प्रियंकाले पति निक र छोरी मालतीका साथमा मनाइन् दीपावली

केन्द्रबिन्दु
0
Shares

प्रियंका चोपडालाई देसी गर्ल मात्र भनिदै‌‌न । विदेशमा बसेर पनि कुनै पनि चाडपर्व मनाउन बिर्सिनन् । अभिनेत्रीले आफ्ना पति निक जोनसलाई पनि देसी रंगमा रंगाएकी छिन् ।

निकले श्रीमतीसँगै सबै भारतीय चाडपर्वहरू मन पराउँछन् । यसपटक पनि त्यस्तै भयो । प्रियंकाले छोरी र पति निकसँग अमेरिकामा दिपावली मनाएकी छन् । फ्यानहरुको लामो प्रतिक्षापछि प्रियंका चोपडाको दीपावली मनाउने तस्विर सार्वजनिक भएको छ । प्रियंकाले पति निक जोनस र छोरी मालती मेरी चोपडा जोनससँग यो पर्व मनाइन् र तस्विरहरू सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् ।

यद्यपि यी तस्विरहरूमा मालतीको अनुहार लुकेको छ । निक जोनसले आफ्नो इन्स्टाग्रामबाट सेलिब्रेशनको तस्बिर पोस्ट गरेका छन् । प्रियंका चोपडाले आफ्नो परिवारसँग लस एन्जलसमा दीपावली मनाएकी थिइन् । यस अवधिमा सबैजना चाँदी र सेतो रंगको परम्परागत लुगामा देखिएका छन् । 

Logo