डेंगु निको भई पूनः बिग बोस मा फर्किँदै सलमान

डेंगु निको भई पूनः बिग बोस मा फर्किँदै सलमान

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेता सलमान खानलाई केही दिनअघि डेंगु भएको पुष्टि भएपछि उनले ‘बिग बोस–१६’ को सुटिङ रद्द गरेका थिए । तर अब सलमान डेंगुबाट निको भइसकेका छन् र छिट्टै शोको सुटिङ सुरु गर्न लागेका छन् ।

बिग बोससँग सम्बन्धित स्रोतका अनुसार सलमानले बिहीबार ‘विकेन्डका वार’को सुटिङ गर्नेछन् । यस एपिसोडमा कट्रिना कैफ र उनको फिल्म ‘फोन भूत’ को सम्पूर्ण टिम अतिथिको रूपमा देखिनेछिन् ।

बिग बोसको पछिल्लो एपिसोड करण जोहरले होस्ट गरेका थिए। रिपोर्टका अनुसार सलमानको स्वास्थ्य बिग्रिएपछि उनले आफैँले करणलाई फोन गरेर शो होस्ट गर्न अनुरोध गरेका थिए ।

Logo