‘आदिपुरुष’को रिलिज ६ महिनाको लागि स्थगित

‘आदिपुरुष’को रिलिज ६ महिनाको लागि स्थगित

केन्द्रबिन्दु
0
Shares

दक्षिण भारतका सुपरस्टार प्रभासको आगामी फिल्म ‘आदिपुरुष’ को रिलिज ६ महिना पछि सारिएको छ । निर्देशक ओम राउतले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् । 

आदिपुरुष निर्माणमा संलग्न व्यक्तिहरूले अलि बढी समय दिनुपर्ने हुँदा मिति सारिएको विज्ञप्तिमा बताइएकाे छ । यसअघि यो फिल्म जनवरीमा रिलिज हुने भनिएको थियो । तर, आधिकारिक विज्ञप्ति अनुसार फिल्म अब १६ जुन २०२३ मा हलमा रिलिज हुनेछ ।

फिल्मको भीएसफएक्स र सीजी वर्कमा पुनः काम गर्नका लागि निर्माताले तयारी सुरु गरिसकेका छन् । जसका लागि प्रभास, कृति सेनन स्टार फिल्मका लागि ८० देखि १०० करोड रुपैंयाँ खर्च गर्ने योजना बनाएका छन् । 

फिल्मको टिजरमा अभिनेता सैफ अली खानलाई हनुमानको लुक्समा देखाइएपछि आलोचना भएको थियो । यतिमात्र होइन, फिल्ममा ‘रामायण’लाई गलत तरिकाले प्रस्तुत गरिएको आरोप लागेको थियो ।

Logo