हेरिटेज प्याजेन्ट्समा परिन्दा र परिसालाई अवार्ड

हेरिटेज प्याजेन्ट्समा परिन्दा र परिसालाई अवार्ड

केन्द्रबिन्दु
0
Shares

हेरिटेज प्याजेन्टस् २०२२ अन्तर्गत मलेशियाको क्वालालम्पुरमा सम्पन्न भएको मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ मा नेपाली प्रतिष्पर्धी परिन्दा परी श्रेष्ठ र परिसा रानाभाटले विधागत अवार्ड जितेका छन् । प्रतियोगितामा मिसेस्तर्फकी सहभागी परिन्दा परी श्रेष्ठ मिसेस् एलिगेन्स विधामा विजेता चयन भएकी हुन् भने मिसतर्फकी सहभागी परिसा रानाभाटले मिस मल्टिमिडिया अवार्ड जितिन् ।

इप्लानेटको आयोजना तथा सीएमके ब्युटी इम्पावर सर्भिसेसको सहकार्यमा सम्पन्न भएको पाँचौ संस्करणको हेरिटेज प्याजेन्टस्मा मिस तर्फ रसियाकी ३० वर्षिया एना किरिलिना मिस हेरिटेज इन्टरनेसनल २०२२ को रुपमा विजेता चयन भइन् भने मंगोलिया, इन्डोनेसिया, लात्भिया र मलेशियाका सुन्दरीहरु क्रमशः फस्ट, सेकेन्ड, थर्ड तथा फोर्थ रनर्स अप छनौट भएका थिए ।

मिसेस् तर्फ भने थाइल्याण्डकी ३९ वर्षिया फोन्टिप श्रीवारन्यु मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ का रुपमा चयन भइन् । मिसेस् तर्फ नेदरल्याण्डस्, भारत, सिंगापुर तथा फिलिपिन्सका मिसेस् सहभागिहरु क्रमशः फस्र्ट, सेकेन्ड, थर्ड तथा फोर्थ रनर्स अपका रुपमा चयन भएका थिए ।

मलेशियाको क्वालालम्पुरस्थित भिभा मलमा रहेको मेगा स्टार एरिनामा सम्पन्न भएको फाइनल प्रतियोगिताको प्रस्तुतिहरुको निर्देशन नेपाली कोरियोग्राफर रोजिन शाक्य र मलेशियाका वेस्ली सअले संयुक्त रुपमा गरेका थिए ।

प्रतियोगिताको निर्णायक मण्डलमा नेपाली नाट्यकर्मी विमल सुवेदी, मलेशियाका फेसन र प्याजेन्ट क्षेत्रका कहलिएका नामहरु थालिएन थिन, नोरिन जुलकरनेन, सब्रिना लिम, क्यारोल ली, डाटो स्टेफनी लो, वल्र्ड ब्युटी प्याजेन्टस् अर्गनाइजेसनका संस्थापक अध्यक्ष सानी अबी नाडर सम्मीलित थिए ।

Logo