चलचित्र चि मुसी चीको नयाँ गीत सार्वजनिक

चलचित्र चि मुसी चीको नयाँ गीत सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

नेपाली चलचित्र चि मुसी चीको नयाँ गीत ‘कथा’ सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । 

आफ्नो छोरा जन्मियोस् भनेर कसैको बच्चालाई बली चढाएको कथा फिल्ममा देखाइएको छ । 

गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री प्रियंका कार्कीले चलचित्र सोचेजस्तो हरर थ्रिलरको नभएको बताइन् । उनो दर्शकले तर्साउने किसिमको मात्रै चलचित्र छ भन्ने सोचेर जानु नहुने बताइन् । चलचित्र एक बालकको कथावस्तुमा आधारित रहेका पनि उनले बताइन् । 
 
एमी स्टुडिओ प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट, आरपी पोखरेल, अरुण चक्रवर्तीलगायत कलाकारको अभिनय छ । 

यो फिल्मलाई मार्ना जेम्स र यश सैनीले संयुक्त रूपमा निर्देशन गरेका हुन् । फिल्ममा अरुण चक्रवर्ती, रिञ्जु केसीको लगानी रहेको छ । सुशन प्रजापतीले छायांकन गरेका फिल्मलाई यश सैनीले सम्पादन गरेका छन् । चलचित्र आगामी पुस २२ गतेबाट देशभर प्रदर्शनमा आउन हो । 

Logo