गायिका एलिना चौहानको ‘कुरा काट्ने मान्छेले काटुन २’ मा सरोज र बिना

गायिका एलिना चौहानको ‘कुरा काट्ने मान्छेले काटुन २’ मा सरोज र बिना

केन्द्रबिन्दु
0
Shares

‘कुरा काट्ने मान्छेले काटुन’ को सफलतासँगै गायक सुभाष पुरी र गायिका एलिना चौहानले ‘कुरा काट्ने मान्छेले काटुन २’ को भिडियो सार्वजनिक गरेका छन् । 

दीपक शर्माको शब्द तथा संगीत रहेको सार्वजनिक गीतको भिडियोमा टिकटकबाट चर्चा कमाएका सरोज राना प्रजा र बिना राउतको अभिनय देख्न सकिन्छ । भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका छन् भने  एरेन्ज, मिक्सिगं र मास्टरिङ विशाल निरौलाले गरेका हुन्  । 

भिडियोको सम्पादन लक्ष्मण चौहानले गरेका हुन् । बिक्रम चौहानले निर्देशन गरेको भिडियो गायक पुरीकै अफिसियल च्यानल म्युजिक जक्सनबाट बजारमा आएको हो । गायक पुरीकै टिमले निर्माण गरेको ‘कुरा काट्ने मान्छेले काटुन’ले युट्युबमा ९१ लाख भ्युज पाएको छ ।

Logo