‘छड्के २’ मा भिटेनको -याप

‘छड्के २’ मा भिटेनको -याप

केन्द्रबिन्दु
0
Shares

युवापुस्तामाझ चर्चित रहेका -यापर भिटेनले फिल्मका लागि -याप तयार पारेका छन् । अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘छड्के २’ का लागि उनले आफ्नै शब्द, सङ्गीत र स्वर रहेको -याप गीत रेकर्ड गराएका छन् । 

बुधबार काठमाडौँस्थित एक स्टुडियोमा रेकर्ड सकिएपछि कथा सुहाउँदो रहेकाले फिल्मसँग जोडिएको संक्षिप्त प्रतिक्रिया दिए । “फिल्मको पात्रसँग सुहाउने भएकाले जोडिएको हुँ”, भिटेनले भने ।

फिल्मका निर्माता प्रशान्त गिरीले -याप आवश्यक परेकाले समावेश गरिएको जानकारी दिए । “ग्याङस्टार जनरामा निर्माण भएको फिल्ममा अभिनेता केसीलाई अन्यभन्दा फरक पाउनु हुनेछ, हामी गीत–सङ्गीतमा समेत फरकपन दिन चाहन्छौँ”, निर्माता गिरीले भने । 

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आलेमगरको समेत अभिनय रहेको छ ।

चितवन र मुस्ताङमा छायाङ्कन गरिएको यो फिल्म ‘छड्के’ को सिक्वेल भएता पनि कथावस्तु नयाँ रहेको निर्देशक श्रेष्ठले बताए । “नामको मात्र सिक्वेल हो, विषयवस्तु फरक छ”, निर्देशक श्रेष्ठले भने । काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् ।

Logo