‘रामायण’ शोका ‘सीता’ को प्रेम विवाहअघि नै टुटेको थियो

‘रामायण’ शोका ‘सीता’ को प्रेम विवाहअघि नै टुटेको थियो

केन्द्रबिन्दु
0
Shares

सानो पर्दामा धेरै जोडी बने र बिग्रिए । सँगै काम गर्दा सेलिब्रेटीहरू प्रायः एकअर्काको प्रेममा पर्छन्। कहिले उनीहरुको सम्बन्ध जीवनभरको हुन्छ त कहिले बिवाहपछि पनि उनीहरु छुट्टिन्छन् । बलिउडमा एक जोडी यस्तै छन् । जसले प्रेम गरे तर सम्बन्ध लामो समय टिकाउन सकेनन्। हामी नील भट्ट र नेहा सरगम बिचको सम्बन्धको कुरा गरिरहेका छौं ।

एक समय नील भट्ट र नेहा सरगम ​​टिभीको सबैभन्दा चर्चित जोडी मध्येका थिए । उनीहरु दुबैले संसारका अगाडि एकअर्कासँगको सम्बन्धलाई स्वीकार नगरे पनि कार्यक्रमहरुमा एकसाथउपस्थिति जनाउने, पार्टीहरुमा एकसाथ देखिने, रोमान्टिक तस्विर र डिनर डेट आदिहरु हेर्दा उनीहरु प्रेममा रहेको प्रष्ट थियो । यी दुईको भेट सन् २०१२ मा टिभी शो ‘रामायणः सबके जीवन का आधार’ को सेटमा भएको थियो।

विवाहअघि नै ब्रेकअप भएको थियो ।
रियालिटी शोमा नेहा सरगमले सीताको भूमिका निभाएकी थिइन भने नील भट्ट ‘लक्ष्मण’को भूमिकामा देखिएका छन् । यो शो एक वर्षसम्म चलेको थियो, तर यस अवधिमा सीताको भूमिका निभाएकी नेहा र लक्ष्मणको भूमिका निभाउने नीलबीच प्रेम बसेको थियो। उनीहरु दुबैले सन् २०१३ देखि डेट गर्न थालेको बताइन्छ । दुवै ३ वर्षदेखि सम्बन्धमा थिए र छिट्टै विवाह गर्ने तयारीमा पनि थिए । दुबैले बिहेको योजना पनि बनाएका थिए । तर, बिहे गर्नुअघि नै उनीहरुले एकअर्कासँग सम्बन्ध तोडेका थिए । भनिन्छ दुबैले व्यक्तिगत मतभिन्नताका कारण सम्बन्धविच्छेद गरेका थिए । 

अहिले नील भट्टले गुम है किसी के प्यार मेँ’ मा पाखी बनेकी ऐश्वर्या शर्मासँग विवाह गरेका छन्। योसँगै नेहा आफ्नो करियरमा ध्यान केन्द्रित गरिरहेकी छिन् । उनी पछिल्लो पटक ‘यशोमती मैया के नन्दलाला’ मा देखिएका थिए ।

Logo