आरआरआरको गीत ‘नाटू–नाटू’ ओस्कारका लागि मनोनीत

आरआरआरको गीत ‘नाटू–नाटू’ ओस्कारका लागि मनोनीत

केन्द्रबिन्दु
0
Shares

भारतीय चलचित्र आरआरआरको गीत ‘नाटू–नाटू’ सन् २०२३ को ओस्कार अवार्डको मनोनयनमा परेको छ । 

९५औँ संस्करणको ओस्कारका लागि २३ विधामा अन्तिम मनोनयनमा परेका चलचित्रहरूको नामावली मंगलबार सार्वजनिक भएको हो । जसमा गीत ‘नाटू–नाटू’ ‘बेस्ट ओरिजिनल सङ्ग’ विधामा मनोनीत भएको हो । 

गीत ‘नाटू–नाटू’ प्रसिद्ध तेलुगु गीतकार र गायक चन्द्रबोसद्वारा लेखिएको हो र राहुल सिपलीगंज र काल भैरवले गाएका हुन् । यस गीतको स्टेपलाई लोकप्रिय बनाउन कोरियोग्राफर प्रेम रक्षितको भूमिका महत्वपूर्ण रहेको छ । उनले यो गीतको कोरियोग्राफी गरेका हुन् । 

यस गीतले केही समयअघि मात्र गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट गीतको अवार्डसमेत हात पारेको थियो । 

यसपटक साइन्स फिक्सन कमेडी ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स’ सबैभन्दा धेरै ११ विधामा मनोनयनमा परेको छ । उत्कृष्ट चलचित्रतर्फको विधामा यस फिल्मसँगै अल क्वाइट अन द इस्टर्न फ्रन्ट, अवतारः द वे अफ वाटर, द वान्सिज अफ इनिसेरिन, इल्भिस, द फाबेल्सम्यान्स, टार, टप गनः मावरिक, ट्रयांगल अफ स्याडनेस र वुमन टकिङ समेटिएका छन् । 

यस वर्ष १२ मार्च २०२३ मा ९५ औँ ओस्कार अवार्डको आयोजना हुनेछ ।

Logo