रामकृष्ण ढकालको आमाको ममता सार्वजनिक

रामकृष्ण ढकालको आमाको ममता सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

गायक रामकृष्ण ढकालको गीत आमाको ममता सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रम गरी गीतसहित भिडियो सार्वजनिक गरिएको हो । 

गीत सार्वजनिक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गायक ढकालले भिडियोमा गहन विषयवस्तुको उठान गरिएको बताए । उनले नेपालजस्तो गरिबी मुलुकमा बालबालिकाहरुले आफूले पाउने हक, अधिकार पाउन नसकेको कुराहरुलाई समेटिएको बताए । समाजमा नराम्रा मानिस जति छन् त्यत्ति नै राम्रा मानिस रहेको उनले बताए । 

उनले गीतले आफ्नो जीवनको केही अंश प्रश्तुत गरेको बताए । उनले कहिले काहीँ जन्म दिने भन्दा कर्म दिने अभिभावक महत्वपूर्ण हुने बताए । 

गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत आमाको ममताको भिडियोमा सुनिल थापा, हिउँवाला गौतम, गौरव पहारी, श्रीदेव बिएल र दियान गौतमको अभिनय रहेको छ । यस गीतमा अर्जुन सुवेदीको शब्द रचना रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ । नक्षत्र प्रोडक्शनले निर्माण गरेको म्युजिक भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमा बुवा र उनीहरुसँग पनि बिछोड भएपछि गर्नुपरेको संघर्ष देखाइएको छ । 

विधान कार्कीले निर्देशन गरेको भिडियोमा छायाँकार उत्सव दाहाल छन् भने सम्पादन विकास दाहालले गरेका हुन् । मनिषा पोखरेल कला निर्देशक रहेको भिडियोमा दीपेन गौतमले प्रोडक्शन डिजाइन गरेका छन् । 

 

Logo