रचना र केदारको ‘गाजलु’ मा वर्षा र रोशनको रोमान्स

रचना र केदारको ‘गाजलु’ मा वर्षा र रोशनको रोमान्स

केन्द्रबिन्दु
0
Shares

गायिका रचना रिमाल र गायक केदार बरुवाल क्षेत्रीको स्वर रहेको ‘गाजलु’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

काठमाडौँ आसपासका रमणीय स्थानहरुमा छायांकन गरिएको ‘गाजलु’मा गायक केदारकै शब्द तथा संगीत  छ । श्याम श्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ रहेको गाजलुमा नायिका वर्षा राउत र मोडल रोशन केसीको अभिनय रहेको छ । भिडियोमा एक रोमान्टिक जोडीको सफल प्रेम कहानीलाई निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका म्याग्दीका गायक बरुवालले ‘गाजलु’ आफूले निकै नै आशा गरेको गीत भएका कारण दर्शक श्रोताले मन पराउनेमा विश्वस्त रहेको बताए । यसअघि  गायक बरुवालले जब तिमी, कति थियो सपना, एक पल तिमी नहुँदा, मन छोडी, एक तर्फी, (तिमीलाई चाहेर मेल भर्सन), आँखैमा गाजल, तिमी मेरी रानी, लगायतका गीत बजारमा ल्याइसकेका छन् ।

निर्देशक भट्टकै कोरियोग्राफी रहेको गाजलुको सम्पादन बन्दे पाण्डेले गरेका हुन् भने छायांकन मनप्रसाद मर्हजनले गरेका हुन् । भिडियो केदार बरुवाल क्षेत्री अफिसियलबाट बजारमा आएको हो ।

Logo