‘ए साथी सुन’काे शीर्ष गीत रिलिज, रोमान्टिक अवतारमा देखिए वर्षा र रमेश

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री वर्षा शिवाकोटी र रमेश बानियाँ अभिनित सिनेमा ए साथी सुनको शीर्ष गीत रिलिज भएको छ । आइतबार इन्टरनेटमा रिलिज गरिएकोे शीर्ष गीतमा अभिनेत्री शिवाकोटी र डेव्यु अभिनेता बानियाँ फिचर्ड छन् । 

सार्वजनिक गीतमा उनीहरुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । 

सुरज अधिकारीको संगीत तथा रविना मगरकको शब्द रचना रहेको गीतमा अञ्जु पन्त र किरण भुजेलको स्वर सुन्न सकिन्छ । पोखराका रमणीय स्थानमा खिचिएको सिनेमाको सार्वजनिक गीतको भिडियामा रामजी लामिछानेले कोरियोग्राफी हेर्न सकिन्छ । 

लभस्टोरी, थ्रीलर र कमेडी जानराको सिनेमामा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा सिनेमामा अभिनय गरेका छन् । जयनन्द लामा अभिनित अन्तिम सिनेमा ‘ए साथी सुन’ आगामी चैत १० गते रिलिज हुनेछ ।

राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको सिनेमालाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाको सह-निर्मातामा सुदीप पौडेल छन् । सिनेमालाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो ।

अभिनेत्री वर्षा शिवाकोटी र रमेश बानियाँ अभिनित सिनेमा ए साथी सुनको शिर्ष गीत रिलिज भएको छ । आइतबार इन्टरनेटमा रिलिज गरिएकोे शिर्ष गीतमा अभिनेत्री शिवाकोटी र डेव्यु अभिनेता बानियाँ फिचर्ड छन् । सार्वजनिक गीतमा उनीहरुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । 

सुरज अधिकारीको संगीत तथा रविना मगरकको शब्द रचना रहेको गीतमा अञ्जु पन्त र किरण भुजेलको स्वर सुन्न सकिन्छ । पोखराका रमणीय स्थानमा खिचिएको सिनेमाको सार्वजनिक गीतको भिडियामा रामजी लामिछानेले कोरियोग्राफी हेर्न सकिन्छ । 

लभस्टोरी, थ्रीलर र कमेडी जानराको सिनेमामा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा सिनेमामा अभिनय गरेका छन् । जयनन्द लामा अभिनित अन्तिम सिनेमा ‘ए साथी सुन’ आगामी चैत १० गते रिलिज हुनेछ ।

राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको सिनेमालाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाको सह-निर्मातामा सुदीप पौडेल छन् । सिनेमालाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो ।

हेर्नुहाेस्, भिडियाे-

Logo