वर्षा र रन्जितकाे त्याे ‘अनिदो रात’ [भिडियाे]

वर्षा र रन्जितकाे त्याे ‘अनिदो रात’ [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री वर्षा शिवाकोटी र रन्जित राज वन्तको अभिनय रहेको म्युजिक भिडियो 'अनिदो रात' रिलिज भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीत रिलिज कार्यक्रममा अभिनेत्री शिवाकोटीले भिडियो छायांकनका बेला आफू निकै बिरामी परेकाले निर्माण टिमले निकै दुःख पाएको बताइन् । लामो समयपछि म्युजिक भिडियोमा कमव्याक गरेका अष्ट्रेलिया निवासी अभिनेता वन्तले टिमवर्क राम्रो हुँदा आफूले एउटा उत्कृष्ट म्युजिक भिडियो दर्शकमाझ ल्याउन सफल भएको दाबी गरे । 

प्रदीप रानाभाटको शब्द, संगीत तथा स्वर गीतमा सुन्न सकिन्छ । गीत रिलिज कार्यक्रममा गायक रानाभाटले अष्ट्रेलियाबाट भिडियो सन्देश समेत पाएका थिए । शान थापाले निर्देशन गरेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । बुद्ध थापाको सिमाटोग्राफी रहेको भिडियोमा सम्पादन र कलर सुप्रिम पराजुलीको रहेको छ ।

अभिनेता वन्तले अष्ट्रेलियामा गोर्खे इन्टरटेनमेन्टबाट नेपाली सिनेमा रिलिज पनि गर्दै आइरहेका छन् । उनले आजसम्म 'प्रसाद, सेल्फी किङ्ग, रोज, लभस्टेशन, प्रकाश' लगायतका सिनेमा प्रदर्शन गरिसकेका छन् । केहीदिन अघिमात्रै उनले बैशाख १ गतेबाट प्रदर्शनमो तयारीमा रहेको सिनेमा 'प्रसाद २' अष्ट्रेलिया रिलिज राइट्स खरिद गरेका थिए ।

 

Logo