बद्री पंगेनीले गाए ‘पैसा सापटी र सम्बन्ध’को गीत [भिडियाे]

बद्री पंगेनीले गाए ‘पैसा सापटी र सम्बन्ध’को गीत [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

गायक बद्री पंगेनीले फरक स्वादमा तर आम मान्छेको समस्यालाई सन्देशमूलक विषय बनाएर नयाँ गीत ल्याएका छन्, ‘पैसा सापटी’ ।

उत्त गीतमा पैसा सापटी लिनुभन्दा अघि र लिएपछि मान्छेको वास्तविक चरित्र कस्तो हुन्छ भनेर राम्रोसँग चित्रण गरिएको छ । सयौं मर्मस्पर्शी र कालजयी लोकगीतहरू गाएका कलाकार पंगेनीले आफ्नै शब्द रचना र संगीतमा ल्याएको यो फरक प्रस्तुतिमा अहिलेकी अर्की चर्चित गायिका रचना रिमालले साथ दिएकी छन् ।

पैसा सापटी दिएर उल्टै झमेलामा परेका लाखौं मान्छेको समस्यालाई गीति कथाको शैलीमा बद्रीले सरल ढंगले प्रस्तुत गरेका छन् । पैसा लिने बेलामा अनेक वहाना,समस्या र पीडा दर्शाउँने व्यक्तिहरुले पैसा हात परेपछि उल्टै कसरी दुःख दिन्छन् भन्ने व्यवहारिक कुरालाई गीतमा उतारिएको छ । पैसा सापटी दिएका कारण सम्बन्ध बिग्रिएका आम घटनाहरुलाई गीतमा कलाकारले उत्कृष्ट ढंगले प्रसतुत गरेका छन् ।

बुधवार अपरान्ह रिलिज भएको  म्युजिक भिडिओ अहिलेसम्म २ लाख ६३  हजारभन्दा बढीले हेरिसकेका छन् । गायक पंगेनी र रिमालले गाएको यो कर्णप्रीय गीतमा सागर लम्साल 'बले',अनु रेग्मी,नन्दा बस्याल लगायतका कलाकारले सापटी लिने र दिनेको वास्तविक अभिनय गरेका छन् । गीतको अन्त्यमा गायक पंगेनीले भनेका छन्-  ‘आर्थिक लेनदेनमा इमानदारीता भएन भने यस्ता गितहरुको सृजना हुने गर्दछ।’ 

भिडियाे-

 

Logo