टुँडिखेलमा वैशाख १ गते ओशो महोत्सव हुने, कुटुम्बले विशेष प्रस्तुति दिने

टुँडिखेलमा वैशाख १ गते ओशो महोत्सव हुने, कुटुम्बले विशेष प्रस्तुति दिने

केन्द्रबिन्दु
0
Shares

नेपाली नयाँ वर्षलाई फरक ढंगबाट स्वागत गर्न वैशाख १ गते ओशो महोत्सव आयोजना हुने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।

गत वर्ष पनि ओशो तपोवनले वैशाख १ गते १५ हजार बढीको उपस्थितमा काठमाडौंको टुँडिखेलमा एकसाथ ध्यान र उत्सव गरी उत्सव सम्पन्न गरेको थियो । सोही कार्यक्रमको निरन्तरतास्वरुप यस वर्ष पनि नयाँ वर्षको अवसरमा टुँडिखेलमा ओशो महोत्सव आयोजना गर्न लागिएको हो । 

महोत्सव बिहान ९ बजेखि बेलुका ९ बजेसम्म हुने र यसमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिहरुलाई सुहाउने विविक प्रकारका कार्यक्रमहरु गरिने बताइएको छ । ओशो महोत्सव साधनाको महोत्सव हुने बताइएको छ । 

ओशो महोत्सवमा ध्यान, योग, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेटिडेशन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन हुनेछ । 

पत्रकार सम्मेलनमा बोल्दै स्वामी आनन्द अरुणले केही नहुने देशले बौद्धिक सीपबाट विकसित हुँदै गएपनि नेपाल भने प्राकृतिक श्रोत र साधनले पूर्ण भएपनि गरिब हुँदै गएको बताए । उनले मानसिको विवेकले नै सबैकुरालाई मजबुत बनाउन सकिने बताए । 

स्वामी आनन्दले प्राकृतिक सम्पदा केही नभएका देशहरु नेपाल भन्दा विकसित हुँदै गएपनि नेपाल भने प्रत्येक दिन गरिब हुँदै जानु आश्चर्यजनक रहेको बताए । 

Logo