रामचन्द्रको ‘घाँटी रेट्नलाई’ बजारमा [भिडियाेसहित]

रामचन्द्रको ‘घाँटी रेट्नलाई’ बजारमा [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

केहीदिन अगाडि रामचन्द्र चन्दको ‘घाँटी रेट्नलाई’ बजारमा आएको गीतले निकै चर्चा कमाएको छ । उक्त सार्वजनिक गीतमा सार्वजनिक गीतमा गायक चन्दसँगै गायिका समीक्षा अधिकारीको स्वर रहेको छ ।

गीतमा एकअर्कालाई प्रेम गर्ने प्रेमि जोडीको वियोगान्त कथालाई मूल्य विषय बनाइएको छ । प्रेम र विश्वासमा घात गरेको गीतको म्युजिक भिडियोमा कलाकार चिरिञ्जीवी सापकोटा (जिवी चिरन), यशु भट्टराई रहेका छन् । गीतमा नन्दु परियारको संगीत रहेको छ भने प्रकाश न्यौपानेको शब्द रहेको छ। 

उक्त भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका हुन्। 
         
लोकगीत संगीतमा जल्दोबल्दो हस्तीका रूपमा लोकप्रिय र चर्चित  छन्, गायक रामचन्द्र चन्द। २०६३ सालदेखि लोक तथा दोहोरी संगित क्षेत्रमा लागेका उनले २०६५ मा ‘चरी रुखमा, साँच्चै साथ दिन्छौ र सुख दुखमा’ गीत गाएपछि पछाडि फर्केर हेर्नुपरेन। त्यो भन्दाअघि उनले ३०६३ मा ‘माया सारै छ’ गीत ल्याउँदै संगित क्षेत्रमा डेब्यू गरेका थिए।

रामचन्द्रका गीतमा विशेषतः सामाजिक र सांस्कृतिक परिस्थितिहरूको चरित्र चित्रण गरेको पाइन्छ। मार्मिक भाकाहरू उनका धेरै छन्। उनले केही दिनअघि नयाँ गीत ‘घाँटी रेट्नलाई’ बजारमा ल्याएका छन्। गीतमा चन्दसँगै चर्चित गायिका समीक्षा अधिकारीको पनि स्वर छ। 

बुवा भिमसेन चन्द आमा मीना कुमारी चन्दबाट गुल्मीमा जन्मिएका रामचन्द्र सानैदेखि गीत गाउन मन पराउँथे। उनी स्कुलकै गायन प्रतियोगितामा पनि कहिल्यै दोस्रो भएनन्। हाल काठमाडौं बस्दै आएका उनी सङ्गीत सृजनाको लागि भने गाउँमै पुगिरहेका हुन्छन्। उनी गाउँबाट शब्द मात्र सापटी लिँदैनन्, सकेसम्म सङ्गीत र लय पनि रैथाने शैलीकै राख्छन्। गीत लेख्दा र सङ्गीत भर्दा मिलेसम्म गाउँमै बस्न रुचाउँछन्। 

गीतमा रैथाने शब्द, भाका र कथा भर्न सिपालु गायक रामचन्द्र गीतले गाउँबाटै तयार भएर सहर गुन्जाएका छन्। चरी रुखैमा, माया सारै छ, भिरमा रुँदै छु, अबदेखि एक्लै हुम्ला म, आमा, अँध्यारो, तीन फुर्के डोरी, घाँटी रेट्नलाई, फुल फुल्यो केसरी, मेची महाकालीलगायत दर्जनौँ गीतहरू रामचन्द्रले गायक छन्। 

इतिहास संस्कृति लोकसाहित्य, लोकसंगीतको अध्ययनमा रुचि राख्ने उनले उनले त्रिभुवन विश्वविद्यालय कृर्तीपुरबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। कोरिया, कतार, ओमन, बहराइन, दुबई साङ्गीतिक भ्रमण गरिसकेका रामचन्द्र स्वदेशका थुप्रै साङ्गीतिक कार्यक्रममा स्टेज चढिसकेका छन्। समाज सेवामा रुचि राख्ने उनको सरल स्वभाव मित्रवत् व्यवहारले धेरै सङ्गीतकर्मी तथा दर्शक स्रोताको मन जितेको छ। 

गाउँका परम्परागत भाका र लय संरक्षण गर्ने, तिनलाई चर्चामा ल्याउने रामचन्द्रको सपना हो। उनी भन्छन् “गाउँमा अझै लोक वाद्यवादन बिलाएका छैनन्, मारुनी र रत्यौलीका लय श्रोतासम्म पुग्नै बाँकी छन्। गाउँका बाजागाजा, लय, भाका र शब्दहरू श्रोतामाझ ल्याइरहने चाहना छ।”

Logo