‘आँखाको नानी भित्र’मा विकाश र पुनमको रोमान्स

‘आँखाको नानी भित्र’मा विकाश र पुनमको रोमान्स

केन्द्रबिन्दु
0
Shares

गायक मेघ पौडलको आँखाको नानी भित्र बोलको गीतको भिडियो रिलिज गरिएको छ । सिडी बिजय अधिकारीको शब्द , संगीत रहेको सार्वजनिक गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ ।  

गोपाल रसाइलीको एरेन्ज रहेको सार्वजनिक गीतमा मिक्स र मास्टरिङ राजु कार्कीले गरेका हुन् ।  प्रेम र रोमान्सले भरिएको प्रेमगीतको भिडियोमा एक प्रेमील जोडीको रमाइलो कथालाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । 

जसमा मोडल विकाश चौहान र पु्नम गौतमको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोले मायामा डुबेपछि प्रेमी र प्रेमीकाको सुन्दरताको वर्णन गरेको कुरालाई मोडलद्धय  विकाश र पुनम  मार्फत देखाएको छ । उत्सब दाहालको छायांकन  तथा  विकाश दाहालको सम्पादन र कलिरिङ रहेको आँखाको नानीभित्र गायक स्वयंकै च्यानल अनिमेघ क्रियशनबाट बजारमा आएको हो ।

भिडियोको निर्माण सपना मेघ पौडेलले गरेकी हुन् । जर्नी नामक एल्बमबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका गायक मेघका इन्टु मिन्टु लण्डन, मनै त हो, ह्याप्पी बर्थ डे, सायद, तिमी छौ र म छु, हामी वीर गोर्खाली, लगायतका दजैनौँ गीतहरु बजारमा आइसकेका छन् ।

Logo