नेशनल डिजाइनर रनवेको प्रथम अडिसन सकियो

नेशनल डिजाइनर रनवेको प्रथम अडिसन सकियो

केन्द्रबिन्दु
0
Shares

मोडल सङ्स नेपालले आयोजना गर्दै आएको फेसन डिजाइनर र मोडलहरुको वृहत प्रतियोगितात्मक कार्यक्रम ‘द नेशनल डिजाइनर रनवे २०२४’को प्रथम अडिसन काठमाडौँमा सम्पन्न भएको छ।

चौथो संस्करणको प्रतियोगिताको प्रथम अडिसन काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरको टेस्ट टाउन फूड कोर्टमा शनिवार भएको हो। अडिसनमा सञ्चारकर्मी सरोज ओझा, पूर्वमोडल एवम् महिला उद्यमी रुवी महतो,डिजाइनर रनवे दोस्रो संस्करणका विजेता विप्लवराज नागर नहर र उपविजेता सरला डङ्गोल निर्णायक थिए । प्रथम अडिसनमा २५ जना डिजाइनर र ६० जना मोडलहरु सहभागी थिए।

सहभागी डिजाइनरहरुले डिजाइन शो र मोडलहरुले र्‍याम्प वाकसहित अडिसन दिएका थिए। निर्णायक सरोज ओझाका अनुसार अडिसनमा व्युटी प्याजेन्ट विजेता मोडल र दिग्गज फेसन डिजाइनहरु सहभागी थिए।

मोडल सङ्स नेपालकी प्रबन्ध निर्देशक स्वस्ती दंगालले चौथो संस्करणको द नेशनल डिजाइनर रनवेको फिनाले आगामी फेब्रुअरी २८ मा सुकुटे बिचमा गरिने बताइन् । उनले प्रतियोगितामा फेशन डिजाइनरहरुले तयार पारेको पहिरनमा मोडलहरु र्‍याम्पमा उत्रिएर प्रस्तुत हुने जानकारी दिइन्। ‘डिजाइन र र्‍याम्प वाकका आधारमा विजेता घोषणा गरिनेछ’, उनले भनिन्।

Logo