राष्ट्रिय लोक सञ्चारकर्मी नेपालमा गौतमकाे नेतृत्वमा नयाँ कार्यसमिति

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालमा गौतमकाे नेतृत्वमा नयाँ कार्यसमिति

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ – राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको अध्यक्षमा चन्द्रमणी गौतम निर्विरोध चयन भएका छन्। संस्थाको पाँचौं अधिवेशनबाट चन्द्रमणी गौतमको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो।

संस्थाको वरिष्ठ उपाध्यक्षमा सुदर्शन प्रसाद आचार्य, उपाध्यक्षमा हरि प्रसाद दुलाल, सचिवमा कमल चौलागाई (सरगम), सहसचिवमा शिबराम भण्डारी, कोषाध्यक्षमा शरणप्रसाद हुमागाई र सह कोषाध्यक्षमा कल्पना रेग्मी चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा सविता पोखरेल, तुल बहादुर परियार, शिखर जंग श्रेष्ठ (गजरकोटे), करिस्मा केसी, बिनिता कुँवर क्षेत्री, कविराज ढकाल, बाबुराम सिग्देल, गोपिकृष्ण चापागाई चयन भएका छन्। अध्यक्ष चुनिएपछि गौतमले लोक सञ्चारकर्मीको हकहितका लागि काम गर्ने बताएका छन् ।

लोक गीत प्रसारण र लोक संस्कृतिका खोजमुलक सामग्री समेतको सचेतना लागि अहोरात्र खटिरहेका लोक सञ्चारकर्मीहरुको पवित्र संगठन राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल २०६५ सालमा तत्कालिन गोरखा एफएमका लोक गीतको कार्यक्रम सञ्चालक गोविन्द गिरीको अध्यक्षतामा ९ सदस्य कार्यसमिति गठन भएको थियो।

संस्थामकाे संस्थापकहरुमा उपाध्यक्ष गोविन्द रोस्यारा, सचिव सन्देश कुमार खड्का, कोषाध्यक्ष चन्द्रमणि गौतम र सदस्यहरुमा श्रीप्रसाद थापा, सूर्य बहादुर थापा, सुश्री सबुश्री तिवारी, गौरव बाबु पोखरेल र सुनिता दुलालको रहेका थिए।

Logo