कलाकारहरुलाई ज्योति मगरको सुझाव- गुनासो गर्नुभन्दा पहिला आफ्नो नाम बलियो बनाउनुस्

कलाकारहरुलाई ज्योति मगरको सुझाव- गुनासो गर्नुभन्दा पहिला आफ्नो नाम बलियो बनाउनुस्

केन्द्रबिन्दु
0
Shares

गायिका ज्योति मगरले कलाकारहरुलाई स्थान नपाएको गुनासो गर्नुभन्दा पहिला आफ्नो नाम बलियो बनाउन आग्रह गरेकी छन् ।

मेला महोत्सवमा खाम कटुवा, नाम कटुवा र ठेकेदारी प्रथाले गर्दा राम्राले भन्दा हाम्रा कलाकारले मात्रै स्टेज पाए भन्ने गुनासो बढेको भन्दै गायिका मगरले अरुले काट्न र मेटाउन नसक्ने आफ्नो परिचय बनाउन आग्रह गरेकी हुन् ।

सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै गायिका मगर भन्छन् ‘अरुले काटेर काटिने अरुले मेटाएर मेटिने खालको नाम छ भने मेला महोत्सव तथा विभिन्न स्टेजको चिन्ता गर्नुभन्दा पैला नाम चै बलियो बनाउनुस् जब नेपाली दर्शक स्रोताहरुले तपाईंलाई हेर्न टिकट किन्न थाले भने कसैले काटेर नाम काटिन्न नाम काट्न चाहनेहरु चुरोट र चिया तान्दै तपाईं को कुरा काटिरहेको हुन्छ ।’

साथै उनले कलाकार र आयोजकलाई कमिनिकेट गर्ने मिडिएटर (खाम कटुवा) सँग नै पहिला बलियो सहमति गर्न पनि आग्रह गरेकी छन् । ‘(खाम कटुवा) यानिकी कलाकार र आयोजकलाई कमिनिकेट गर्ने मिडिएटर जसले तपाईंलाई कति पैसामा कार्यक्रम गर्ने भनेर तय गर्छ जस्तो को २० हजार तपाईंलाई दिलाउन राजी भएपछि आयोजक सङ्ग ३०/४०/५० जति लिएर खाम काटोस् तपाईंलाई मतलब हुनु हुँदैन मह काढ्नेले हात चाट्छ । यदि बोलेको पैसा दिँदैन भने अब्जेक्सन गर्नुस सबभन्दा पैला त सहमति नै बलियो गर्नुस अर्को कलाकार खतम छ म त सारै राम्रो छु हजुर ले भने पछि भैहाल्छ भनेर लुसुक्क भएर कार्यक्रमको मात्रै लोभ नगर्नुस् ।’ उनले भने ।

यस्ताे छ उनकाे स्टाटस-

Logo